सप्तरीका अग्निपीडितलाई राहत

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । आगलागीबाट घर नष्ट भएका सप्तरीकाे चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन् ।

नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमकाअनुसार सप्तरीकाे महादेवा गाउँपालिका-१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरिएको हो । नेपाल-भारतमैत्री सङ्घले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक किलो चिनी लुङ्गी, साडी, तन्ना, झुल, प्रदान गरेको छ ।

सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमितरूपमा पीडितलाई भोजनको व्यवस्था गरेको छ । गत मङ्गलबार महादेवा गाउँपालिका-१ चिम्टीमा आगलागी हुँदा त्यहाँका ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?