![बौद्ध स्तुपामा चहलपहल (फोटोफिचर)](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/buddha-jyanti-3.jpg)
झापा । गृहजिल्ला झापा आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार दुई ठूला भौतिक संरचनाको शिलान्यास गर्नुभएको छ ।
मंगलबार सुरुङ्गामा आयोजित बासँग बालबालिका कार्यक्रममा सहभागी बन्नु भएका ओलीले एसियन हाइवे अन्तरगत निर्माणाधीन काँकडभिट्टा–लौकही सडकखण्डको कमल गाउँपालिकाको पाडाजुँगीमा शिलान्यास गर्नुभएको हो ।
उहाँले लगत्तै कनकाई नदी माथि बन्ने पुलको शिवगञ्जमा शिलान्यास गर्नु भएको हो । पुलले शिवसताक्षी नगरपालिका ६ को शिवगञ्ज बजार र झापा गाउँपालिकाको मदरगाछीलाई जोड्छ । यी दुबै कार्यक्रममा उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सहभागी हुनुहुन्थ्यो।
पुल निर्माणको समय गत वर्षनै तय भएको थियो । तर सांसद एलपी साँवा र शिवसताक्षी नगरपालिका ६ का वडाध्यक्ष मनोज कार्की खुलालले योजना आफ्नो पहलमा परेको दाबी गरेपछि शिलान्यास समय पछि धकेलिएको हो । अहिले पनि विवाद कायमै छ । सांसद साँवाले आफ्नो प्रभाव देखाउन अध्यक्ष ओली मार्फत पुल शिलान्यास गराउनु भएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले शिलान्यास कार्यक्रममा भन्नुभयो, ‘अब विदेशका ठुला र चिल्ला सडकमा पुगेर सेल्फी खिच्ने युगको अन्त्य हुँदैछ ।’ उहाँले सेल्फी खिचेर पोष्ट गर्न विदेश र टाढाटाढा जानू नपर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले विदेशमा देखेका ठुला तथा चिल्ला सडक अब स्वदेशमा नै देखिने र त्यसका लागि केही समय धैर्य गर्न झापालीलाई आग्रह गर्नुभयो । लगानीकर्ता एशियाली विकास वैंकलाई धन्यवाद दिनुभएका ओलीले भन्नुभयो, ‘यो विकास होइन, विकासको पूर्वाधार मात्रै हो ।’
केही पूर्वाधार निर्माण गर्ने बित्तिकै कति कमिसन खान पाइन्छ भन्ने नकारात्मक सोच मुलुकमा हावी भएको दाबी गर्नु भएका ओलीले विकास निर्माणको काममा खान खोजे त्यसलाई निस्तेज बनाइने बताउनुभयो ।स्वास्थ्य, शिक्षा, विद्युत, सञ्चार यी सवै विकासका पूर्वाधार हुन यी कसैले पनि खाना चाँहि नदिने स्पष्ट पार्नुभयो ।
‘सडक, शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार वा अन्य कुनै पूर्वाधारले खान दिँदैन’ओलीले भन्नुभयो, ‘पूर्वाधारले भात खाने अवसर चाहिँ अवश्य सिर्जना गर्छ ।’ उहाँले हरेक क्षेत्रका पूर्वाधारलाई विकाश र उद्यमशीलतासँग जोड्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले पूर्वाधार निर्माणले स्थानीय स्तरमानै रोजगारीको अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । ‘सडक निर्धारित समयमै सम्पन्न हुनेमा ढुक्क छु । यसमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न जरुरी छ’ ओलीले भन्नुभयो ।
१२० किलोमिटर मध्ये ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नति धमाधम भइरहेको छ । सडक निर्माणम एडीबीको ऋण सहयोग र सरकारको संयुक्त लगानी छ । २०२३ जुलाई ७ भएको सम्झौता ३१ डिसेम्बर २०२९ समाप्त हुनेछ । काँकरभिट्टा ( केर्खा ४५ किलो मिटर सडक स्तरन्नतिका लागि दमकमा पूर्वीखण्ड कार्यालय खुलेको छ ।
केर्खा –इटहरीखण्डको ५० दशमलव ७६ किलोमिटर सडक स्तरोन्नतिका लागि इटहरीमा पश्चिमखण्ड कार्यालय स्थापना खुलेको छ । ९५ दशमलव ७६ किलोमिटर सडक निर्माणका लागि तीनखण्डमा बिभाजन गरिएको छ। इटहरी कार्यालय पश्चिम लौकहीसम्म हेर्ने छ ।
तीनसय मिटरभन्दा लामा ६ वटा पुल निर्माण दुई प्याकेजमा हुनेछ । पुल विषेश आकार र आर्कषक डिजाईनमा निर्माण हुनेछन् । सो सडक निर्माणका लागि २०८० कात्तिक २ गते ठेक्का सम्झौता गरिएको हो । २०८० माघ १९ गतेबाट काम सुरु भएको हो । २०८३ माघ १९ मा निर्माण सम्पन्न हुने सम्झौता छ । निर्माण अवधि ३ वर्ष राखिएपनि थप ६ वर्षसम्म मर्मत सम्भार कार्य सोही निर्माण कम्पनीबाटै हुनेछ ।
![सदनसँगै सडक संघर्षमा कांग्रेस](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Congress-in-a-street-fight-with-the-House-hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच