सर्लाहीमा ९१ प्रतिसतले खाए हात्तीपाइलेको औषधी

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीमा ९१ प्रतिसत लक्षित जनसंख्याले हात्तीपाइलेको औषधी खाएकाे स्वास्थ्य कार्यालय मलङ्गवाकाले जनाएको छ । स्वास्थ्य कार्यालय मलङ्गवाकाअनुसार वैशाख १६ गतेदेखि जेठ ४ गतेसम्ममा जिल्लामा लक्षित जनसङ्ख्यामध्ये ९१.७३ प्रतिसतले औषधी सेवन गरेका हुन् ।

जिल्लामा दुई वर्षभन्दा माथिका आठ लाख ४७ हजार ३६८ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने लक्ष्य थियो । त्यसमध्ये शुक्रबारसम्म सात लाख ७७ हजार ३१५ जनाले औषधी सेवन गरेका स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक मनोज झाले बताउनु भयो ।

झाले अभियानमा छुटेका व्यक्तिलाई जेठ १० गतेसम्म जिल्लाभरका सबै स्वास्थ्य संस्थाबाट औषधि खुवाइने बताउनुभयाे । छुट भएका व्यक्तिका लागि १० गतेसम्म स्वास्थ्य संस्थाबाट औषधी सेवन गराउन निर्देशन प्राप्त भए अनुसार जिल्लाका प्रत्येक स्वास्थ्य संस्थाबाट हात्तीपाइलेको औषधि खुवाउने कार्य अझै जारी रहेको छ ।

यहाँ लामखुट्टेको अत्यन्त आतङ्क हुने र लामखुट्टेकै टोकाइबाट लाग्ने हात्तीपाइले रोगबाट बच्न अनिवार्य रुपमा औषधि सेवन गर्न चिकित्सकले सुझाव दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?