बारा । बाराको कोल्हवी नगरपालीका-२ बगेवा गाउँमा बाइपास सडक मिचेर सुकुमबासी बस्ती बसेको छ । गाउँको खिरखिर टोलदेखि ओलारसम्मको बाइपास सडकमा वर्षौदेखि सुकुम्बासी बसोबास गर्दै आइरहेका छन् । २०४५ सालमा सडक विभागले नाप चाँज गर्दा सार्वजनिक बाटोलाई नै कायम गरिएको स्थानीय बताउँछन् ।
गाउँको बीचमा सडकलाई कायम गर्दा अधिक घरहरू विस्थापित हुने हुनाले सो सडकलाई नै मान्यता दिइएको बताइन्छ । तर, बहुदलिय व्यवस्था आएपछि दलहरूले आ-आफ्नो स्वार्थका लागि पश्चिमतर्फ नाकामा यातायात अवरुद्ध हुनेगरी बस्ती बसाउनु दुभाग्यपूर्ण रहेको स्थानीयबासी केदार आचार्यले हिमालय टाइम्सलाई बताउनुभयो ।
नगरपालिकाले सुकुम्बासीहरूलाई व्यवस्थित गर्न नसक्दा स्थानीयबासिन्दा मारमा परेका छन् । पछिल्लो समय बस्तीका मानिसहरू विदेशमा आय आर्जन गरेर विभिन्न स्थानमा घडेरी खरिद गरेर पनि बाटोको जमिन कब्जा गरेर बसेका छन् ।
सो सडकमा भएको बस्ती यथाशीघ्र स्थानान्तरण गरी निर्माण कार्यमा सहयोग गर्न गराउनका लागि नागरिक समाज र स्थानीयले सरोकारवाल निकायसँग बारम्बार माग गर्दै आइरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच