गुल्मीको धुर्कोट पूर्ण संस्थागत सुत्केरी तथा पोषणमैत्री गाउँपालिका घोषणा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका पूर्ण संस्थागत सुत्केरी तथा पोषणमैत्री गाउँपालिका घोषित भएको छ । पालिकाकाले सबै सुचाङ्क पुरा गरेपछि पूर्ण संस्थागत सुत्केरी तथा पोषणमैत्री घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले एक औपचारिक कार्यक्रमकाबीच पूर्ण संस्थागत सुत्केरी तथा पोषणमैत्री घोषणा गर्नुहुँदै घोषणा गरिएका बिषयवस्तुको दीगोपना हुनुपर्ने बताउनुभयो ।

पालिकाका सबै वडाका स्वास्थ्य चौकी एवम् धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत सुत्केरी स्वास्थ्य संस्था घोषणा गरिएको, सबै स्वास्थ्य संस्थामा बर्थिङका लागि चाहिने सबै सामग्री खरिद गरी प्रदान गरिएको र सबै बर्थिङ सेन्टरमा बेबीवार्मरको व्यवस्था गरिएको छ ।

त्यस अवसरमा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आवश्यक मापदण्ड पुरा गरेको आधारमा पालिकालाई पूर्ण पोषण मैत्री पालिका घोषणा गरिएको बताउनुभयो । उपाध्यक्ष सीता गिरीले यो अभियानको निरन्तरताका सबैका महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले पूर्ण संस्थागत प्रसुती एवम् पूर्ण पोषण मैत्री पालिका घोषणा गर्नु महत्वपूर्ण उपलब्धिपूर्ण कार्य भएको उल्लेख गर्नुभयो । गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले आगामी दिनमा थप नागरिकको स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जैसिथोक स्वास्थ्य चौकीका प्रमुख चुरामणी खनालले एक आर्थिक बर्षको अवधिभर सम्बन्धित वडाभर कोही पनि घरमा सुत्केरी नभएको, सबै गर्भवती महिलाहरुले पूर्ण टि.टि.खोप लगाएकोलगायतका आधारमा मात्रै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सकिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?