यस्तो छ तपाईंको असोज १ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज १ गते सोमबार, ई.सं. १८ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र शुक्लपक्ष तृतीया, १०ः२३ बजेपछि चतुर्थी, नक्षत्र- चित्रा, योग- ऐन्द्र, करण- गर, चन्द्रराशि- तुला, सूर्योदय ५ः५० सूर्यास्तः १८ः०४ ।

मेष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

सिंह : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

वृश्चिक : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

मीन : स्वास्थ्यमा समस्या आउन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?