फुडमाण्डुको डेलिभरी शुल्क घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले पाँच सय रुपैयाँको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै छोटो दूरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ । अब ग्राहकले पाँच सयभन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र त्यस्ता अर्डरमा मात्र ५० रुपैयाँ न्यूनतम शुल्क लाग्नेछ ।

ग्राहकको सुझावलाई मध्यनजर गर्दै नीति परिवर्तन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब ग्राहकले जतिसुकै रकमको पनि अर्डर गर्न सक्नेछन् । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीका लागि पनि ५० रुपैयाँ न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्नेमा परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दूरीका लागि २५ रुपैयाँ र सोभन्दा माथिको दूरीका लागि थप २५ प्रतिकिलोमिटर तिर्नुपर्नेछ । तर, एक हजारभन्दा बढीको अर्डरका लागि भने जतिसुकै लामो दूरीमा पनि बढीमा ७५ रुपैयाँ डेलिभरी शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?