काठमाडौं । ८६ वर्षीया ज्योति कोइरालाको गीतिसंग्रह ‘ज्योतिको संगालो’ लोकार्पण गरिएको छ । काठमाडौमा बुधबार आयोजित एक कार्यक्रमबीच मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला र लोकगायक बमबहादुर कार्कीले उक्त संग्रहको लोकार्पण गर्नुभएको हो ।
पुरानो स्थानीय लयहरू संकलन गरी गाइएको छवटा गीतहरू रहेको ‘ज्योतिको संगालो’मा दीपक शर्माको एकल संगीत छ । बिन्ध्यावासिनी म्युजिकले बजारमा ल्याएको गीति संग्रहमा रहेको एउटा गीतको भिडियो पनि निर्माण गरिएको छ । कार्यक्रममाझ सर्जक ज्योति कोइरालाले गीत र सो को भाव बारेमा प्रष्ट पार्दै सात दशकअघिको परिवेशलाई यसमा समेटिएको जानकारी गराउनुभएको थियो । कोइराला दम्पतीबाट बाल अस्पताल निर्माणका लागि डा.भगवान कोइरालालाई २५ लाख रुपैयाँ सहयोग रकम पनि हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सर्जकका ज्योतिका श्रीमान् ठाकुरप्रसाद कोइरालाले ज्योतिले बिहान-बेलुका गुनगुनाउने गरेको पाएको र सो बारेमा कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिँदै गीतिसंग्रह निकालिएको बताउनुभयो ।
कार्यक्रममा लोक गायक बमबहादुर कार्कीले ‘ज्योतिको संगालो’मा तीज भाकाका पुराना गीतहरू संग्रहित रहेको र उहाँजस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गीतको जगेर्ना गर्न सकिने धारणा राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच