काठमाडौं । जय प्राप्ति म्युजिक अवार्ड सम्पन्न भएको छ । मध्यपुर थिमी नगरपालिकाको पुर्वनगर प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आथित्यतामा जय प्राप्ति म्युजिक अवार्ड २०७९ काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो ।
जय प्राप्ति म्युजिक प्रालीका अध्यक्ष जयराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार लक्ष्मी गिरी, वरिष्ठ लोक गायक चन्द्र शर्मा, वरिष्ठ गायिका ज्ञानु राणालगायत थुप्रै चर्चित कलाकारको उपस्थिति रहेको थियो । कार्यक्रममा १७ जना कलाकारलाई विभिन्न विधाबाट कला सम्मानबाट सम्मानित गरिएको थियो ।
सम्मानित व्यक्तिहरूमा विशिष्ट कलाकार उत्तम केसी, म्युजिक भिडियो तथा चलचित्र निर्देशक देवेन्द्र पाण्डे, बबिता श्रेष्ठ, निरेन श्रेष्ठ, गीतकार बद्री पाण्डेलगायत हुनुहुन्थ्यो । सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको समारोहमा गीत संगीत क्षेत्रका विभिन्न व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच