✍️ इन्द्रबहादुर शाक्य
पृथ्वी मण्डलमा भएका देश र मानिसहरू कति सभ्य छन् भन्ने बारे, त्यहाँका कलाकृतिबाट थाहा हुन्छ । कलाकृतिले भरिएको देश धनी हुन्छ भन्ने धेरै विद्वान र राजाहरूले भन्दै आएका छन् । हुन पनि हो रोमका सभ्यता इजिप्टको कलाकृतिले त्यो सभ्यतालाई नै अगाडि बढाउँछ । त्यस्तै चीनको सभ्यतामात्र होइन सत्य, त्रेता, द्वापर युगमा पनि कलाकृतिहरूको धेरै विकास भएको थियो भन्ने इतिहासले बताउँछ । पछि आएर त्यस्ता कलाकृति बनाउने विभिन्न मानिसलाई जातका आधारमा परिणत गरियो ।
सत्य युगमा पनि नेपालमा कलाकृतिको विकास भएको थियो । त्रेता युगमा पनि नेपाल राष्ट्रभित्र कलाकृति विकास भएको थियो । मिथिला कलाकृतिले द्वापर युगमा हाम्रो राष्ट्रभित्र कलाकृतिको विकास भइसकेको थियो भन्ने पुष्टि हुन्छ । नेपालका बारेमा कलाकृतिको इतिहास हेर्ने हो भने सत्य युगदेखि कलाकृतिको विकास भएको देखिन्छ । सत्य युगमा मानिस नभएको भए, मानिसले नदेखेको भएकलाकृति बनाउन कसरी सक्थे ? त्यसबेला पनि मानिसले शिवजीको अनुहार देखेर नै शिवजीको मूर्ति बनाएको हो, ब्रहृमा, विष्णु, गणेश, कुमार, पार्वती, भगवती, लक्ष्मी, सरस्वती र दैत्य आदिको कलाकृति तयार गरिएको थियो । फोटो नभएको बेलामा मानिसहरूले उनीहरूको अनुहार देखेर नै कलाकृति तयार गरेको हुनुपर्छ ।
त्रेता युगमा रामको समयमा मानिसले रावणसँग लडाइँ गर्ने हस्तनिर्मित हतियार तयार गरेका थिए । राम, सीता, लक्ष्मण, भरत तथा रामको ससुरा जनक राजा सबैको अनुहार देखेको हुनाले नै कलाकारले उनीहरूको प्रस्तरमा मूर्ति वा चित्र तयार गरेका थिए । त्यति बेला जनक राजाले आफ्नो टाउको काटेर (शिर) दान दिएको चित्र नदेखेको भए टाउको नभएको मूर्ति बनाएर मन्दिरभित्र राखिरहेको जनकपुरमा अहिले पनि हेर्न सकिने अवस्थामा रहेको छ । द्वापर युगमा पनि कृष्णको अनुहार देखेर नै कृष्णको मूर्ति बनाएको र उनको महिला साथी राधा नदेखेको भए राधाको मूर्ति बनाउन कसरी सक्दथे ? महाभारतको लडाइँ अर्जुन, पाँच पाण्डवको मुख नदेखेको भए उनीहरूको चित्र र प्रस्तरकलाको मूर्ति बनाउन कसरी सक्थे ?
स्वयम्भूको दह हेर्न आउने देवताहरूमध्ये शिवजीले शिवपुरी डाँडामा बसेर दर्शन गरकोे, सीता माताले सीतापाइलाको पहाडमा बसेर दर्शन गरेको, सरस्वतीले लेलेको डाँडामा बसेर दर्शन गरेको र कुण्डका पानीले जलअर्पण गरेकाले सरस्वतीकुण्ड भनेर नामकरण भएको थियो । ती ठाउँ सबै अहिले पनि हेर्न सकिन्छ ।
उनीहरूको प्रस्तरकला, काष्ठकलामा परिणत गरी बुट्टा कुँधेर बनाएको मूर्ति अथवा फोटो दसबै हातले बनाएका कलाकृति हुन् । ती सबैलाई हस्तकला भनेर चिनिन्छ । कलाकारहरू कुन जातिका थिए भन्न धेरै गाह्रो छ । तैपनि मिथिला कला मिथिलावासीले बनाएको हो । तराईमा कपिलवस्तु, कोलियाग्राम, सुदूरपश्चिममा त्यहीँका बासिन्दा, शाक्य वंश, कोलिया वंश, खस वंशले झारपातमा रंग आदिले बनाएका हुन् । द्वापर युगमा पाँच पाण्डप वनवास आउँदा नेपालका पश्चिम क्षेत्र दैलेख, हुम्लामा तयार गरेको राडिपाखी ल्याएर ओछ्यान बनाई सुतेका थिए ।
नेपालको काठमाडौं पोखरी भएको बेला, स्वयम्भू दह अथवा स्वयम्भू दह हेर्न आउने देवगनहरूको नाम उल्लेख गर्नु उचित होला । स्वयम्भूको दह हेर्न आउने देवताहरूमध्ये शिवजीले शिवपुरी डाँडामा बसेर दर्शन गरकोे, सीता माताले सीतापाइलाको पहाडमा बसेर दर्शन गरेको, सरस्वतीले लेलेको डाँडामा बसेर दर्शन गरेको र कुण्डका पानीले जलअर्पण गरेकोले सरस्वतीकुण्ड भनेर नामकरण भएको थियो । ती ठाउँ सबै अहिले पनि हेर्न सकिन्छ । पछि मन्जुश्री आएर साँखुमा बसेर दर्शन गर्न आएका थिए ।
उनले नै स्वयम्भूको दहबाट पानी बाहिर पठाउने विचारले चोभारको डाँडा काटेर, यस दहभित्रको पानी बाहिर पठाएको भन्ने इतिहासमा उल्लेख छ । त्यति बेला दहमाथि पहाडमा बसेर हेर्ने मानिसहरू थिए । साँखुको डाँडामा धेरै नेपाली आएर हेरी, त्यही बसोवास गरी खेती गरी, बसेका कुरा पनि इतिहासमा उल्लेख भएको छ । त्यति बेला शाक्यहरू साँखुमा आएर स्वयम्भूको दर्शन गरेको, सँगै ब्राहृमण र अरू जातिहरू पनि आएका र त्यहीँ बसेको उल्लेख भएको छ ।
मन्जुश्री आएर त्यहाँ बसेका हुनाले नै मन्जुश्रीको मूर्तिचित्र बनाएको हो । नदेखेको भए उक्त चित्र कसरी बनाउन सक्थे त ? उपत्यकामा यो प्रस्तर मूर्ति तयार गर्ने कुन जाति होला ? भन्ने जिज्ञासा पनि हुनसक्छ । त्यो मूर्ति बनाउने जाति शिल्पकार हो । यी कामका लागि शाक्य वंश, ब्राहृमण, शिल्पकार, चित्रकार सबैको भूमिका रहेको छ । यो शिल्पकार, चित्रकारको मूर्ति बनाउने मानिसहरूलाई ज्यावल बनाइदिने जाति भने नकर्मीहरू हुन् । पहिले पहिले कुनै पनि काम गर्नुभन्दा अगाडि, साइत हेरेरमात्र ज्यावल र प्रस्तर कला बनाउँथे । त्यो साइत हेरिदिने दिने व्यक्ति ज्योतिष अथवा जोशी हुन् । उपत्यकाभित्र स्वयं दहभित्र बस्ने सबैलाई नियममा बसेर काम गर्नू, शासन गर्नू भनेर मन्जुश्रीले दिएर गएको ज्ञान, शिक्षा हो ।
यो नियमपूर्वक पालना गरेर बसे सबैलाई नियम पालन गर्ने मानिस अथवा विधिको देश पनि भन्दछ । पछि नियम पालन गरेर बस्नेलाई नेवार भन्न थालियो । यी सबैले बोल्ने भाषालाई नेपालभाय्न भनियो र पछि त्यो नेवार भाषा हुन गयो । त्यति बेला नै उपत्यकामा कलाकृति विकास भइसकेको थियो । द्वापर युगमा किराती राजा यलम्बर राजा भएको पाँच हजार वर्षअगाडि नै यहाँ ढुंगेधाराको विकास भइसकेको थियो । यिनै राजाको नामबाट ‘य’ भन्ने शहर बनाइयो र यहीबाट ‘यल’ अथवा ललितपुर शहर बन्यो ।
यी राजाहरूले पहिले गोकर्णमा बसेर राज्य गरेका थिए । त्यस समयमा कलाकृतिको विकास भएको प्रमाण हामीसँग धैरै छन् । कृष्णले यलम्बरको टाउको काटेर महाभारतको युद्ध आकाशमा बसेर हेरिरहनु भनेर भनेका थिए । आकाशमा बसेर हेरेको हुनाले उनको नाम आकाश भैरव रहनगयो । यो आकाश भैरवको मूर्ति इन्द्रचोक आकाश भैरव भनेर मानिन्छ । मानिसले देखेको हुनाले कलाकारले मूर्ति बनाएर अहिले पनि जात्रा मनाउँदै छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच