स्वभाविक रूपमा नेपालजस्तो कमजोर आर्थिक संरचना, गतिविधि तथा न्यून पूर्वाधारको अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा यस किसिमको आयोजनाले ठूलो महत्व राख्दछ । खुला एवं बजारमुखी अर्थतन्त्रको साथमा राज्य सञ्चालन गरेको तीन दशकभन्दा बढी भएके छ । आठौं योजनादेखि लागू भएको नीतिले मूलतः आर्थिक तथा व्यावसायिक क्षेत्रमा के कति काम गर्न सक्यो÷सकेन भन्ने एउटा बहस होला तर विश्वभरिका उद्यमशीलता भएका व्यक्ति, संस्था, समूहलाई एउटै थलोमा बोलाएर लगानीका लागि अनुरोध गर्नसक्नु ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ ।
राजनीतिक रूपमा संविधानसभामार्फत संघीयतासहितको समावेशी लोकतान्त्रिक संविधानको निर्माण विसं २०७२ असोज २ गते लागू गरी तीनै तहका निर्वाचित सदस्यहरूद्वारा दोस्रो कार्यकालको शासन व्यवस्थामा समय व्यतीत भइरहेको छ । मिश्रित आर्थिक संरचनाभित्रको खुला अर्थतन्त्र र यसले नेपालको सर्वांगीण विकासमा पुर्याउने सहयोगका लागि सुरु गरिएको लगानी सम्मेलन आफैंमा पनि राम्रा/नराम्रा परिणाम रहेको अवस्थामा सम्मेलनलाई उपलब्धिमूलक बनाउन के कस्ता काम गर्नुपर्ने हुन्छ भन्ने बारेमा छलफलको प्रयास गरिएको छ । यो लगानी सम्मेलन पहिलो भने होइन । यसअघिका सम्मेलनबाट सकारात्मक वा नकारात्मक सबै पक्षको विवेचनात्मक आत्मबोधले मात्र सही गन्तव्यमा पुर्याउनेमा कुनै मतभेद हुँदैन ।
नेपाली अर्थतन्त्रको आन्तरिक अवस्था राम्रो छैन तर यो कुरा सत्तापक्षीय एवं केन्द्रीय बैंकको निर्णायक निकाय मान्न तयार छैन । कतिपय सूचक राम्रै अवस्थामा देखिएका छन् तर ठीकठाकै छ भनिहाल्ने अवस्था होइन ।
व्यावसायीहरूको पहिलो चासो स्वाभाविक रूपमा नाफा हुने गर्दछ । यस पक्षमा समग्र नेपाली सामाजिक परिवेश मलिलो भएको एनसेल लगायत कतिपय हाइड्रो कम्पनीहरूले देखाएका छन् । तर, जब रणनीतिक रूपमा मुलुकको अनुहार नै परिवर्तन गर्ने किसिमको लगानीको कुरा हुन्छ त्यस अवस्थामा आन्तरिक राजनीति तथा बाहृय परिवेशको साथमा छिमेकी र उनीहरूको राजनीति, शासन व्यवस्थाको उत्तिकै महत्व हुने गर्दछ । नेपालको हकमा युरोपेली तथा अमेरिकीलगायत गल्फका ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूको लगानीका लागि उपयुक्त वातावरणको साथमा चिनियाँ र भारतीय चासो उत्तिकै हेरिने गरेको पाइन्छ ।
लगानी सम्मेलनका लागि पहिलो शर्तका रूपमा मूलधारका प्रमुख राजनीतिक दलबीचमा वैदेशिक लगानीको बारेमा न्यूनतम समझदारी आवश्यक हुन्छ । दोस्रो हाम्रो शासकीय स्वरूपले राजनीतिक स्थिरता दिन नसकेको यथार्थता हो । अब पनि दलहरूले यो-त्यो निहुँमा लगानिकर्तामाथि अन्याय हुने वा अन्तर्राष्ट्रियस्तरमा नराम्रा समाचार प्रसारण हुने किसिमका काम गर्न थाल्ने हो भने लगानी सम्मेलनहरूको तुक देखिँदैन । संघीय सरकारले गरेको निर्णय तल्ला सरकारले लत्याउँदै जाने हो भने भोलिका दिनमा फेरि लगानीका लागि अनुरोध गर्ने हैसियत नरहन सक्छ । लगानी अभावको समस्या विकराल हुँदै जानसक्छ । पश्चिम सेती परियोजनाको साइट अफिसमा राजनीतिको आड भरोसामा केही उच्छृंखल समूहले केही वर्षअगाडि कार्यालय ध्वस्त पार्ने काम भएको थियो । एक राजनीतिक दलहका कार्यकर्ताले त्यस्तो काम गरेका थिए ।
आजको दिनमा दक्षिण कोरिया, गल्फ मुलुकहरूलगायत अफ्रिकन मुलुक, दक्षिण अमेरिकी मुलुक वैदेशिक कम्पनीहरूको लगानीका कारण नै आर्थिक क्षेत्रमा माथि उठ्न सकेका हुन् । दक्षिण कोरिया अमेरिकी सहयोगले माथि उक्सेको मुलुक हो भने अफ्रिकन मुलुकहरूमा पछिल्लो समय चिनियाँ लगानी अत्यन्तै माथिल्लो स्तरमा भएको देखिएको छ । चिनियाँ लगानीले अफ्रिकन मुलकमा निम्त्याएको ऋणको पासोको बारेमा विश्व समुदायले चनाखो भएर नियालिरहेको छ । दक्षिण अमेरिकी मुलुकहरूमा खासगरी युरोपियन युनियन, अमेरिकी एवं चिनियाँ लगानीका परियोजनाले पछिल्लो समयमा राम्रो काम गरिरहेका छन् ।
विश्वमा देखापरेको ग्लोबल वार्मिङ र क्लाइमेटिक परिवर्तनले समाजको तल्लो तह र भुइँमान्छेहरूमा निम्त्याएको समस्याले कतिपय परियोजनाबाट आशातीत सफलता सबै क्षेत्रहरूमा प्राप्त गर्न सकिएको छैन । गल्फ मुलुकहरूको तेल र यसका उत्पादनले दिने आम्दानी अबका दिनमा कम हुँदै जाने भएकाले नयाँ परियोजनामा लगानी निर्देशित हुनुपर्ने देखिन्छ । यसले निम्त्याउने कार्बन उत्सर्जनको अति खराबीलाई कम गर्न अपनाउनुपर्ने विविध प्राविधिक तथा प्राकृतिक तरिकाको बारेमा सजग अपनाउनु आवश्यक छ ।
नेपाली अर्थतन्त्रको आन्तरिक अवस्था राम्रो छैन तर यो कुरा सत्तापक्षीय एवं केन्द्रीय बैंकको निर्णायक निकाय मान्न तयार छैन । कतिपय सूचक राम्रै अवस्थामा देखिएका छन् तर ठीकठाकै छ भनिहाल्ने अवस्था होइन । समान्य रूपमा कुनै अर्थतन्त्रलाई चार मुख्य शाखामा राखेर हेर्ने गरिन्छ । आन्तरिक रूपमा उत्पादन क्षेत्र, वित्तीय क्षेत्र, सरकारको वित्तीय अवस्था र बाहृय क्षेत्रको स्थिति सबैलाई हेरेरमात्र अर्थतन्त्रका बारेमा कमेन्ट गरिन्छ । सबै किसिमका निर्माण क्षेत्र खुम्चिएका छन् । सहकारीहरूको समस्याका कारण साना तथा मझौला उद्योगमा असर परेको छ । सबै किसिमका उपभोक्ता कर्जा खासगरी विनाधितो तर १/२ लाखसम्मका कर्जा सहकारीहरूको समस्याले असरमा छन् । यसको असर सबैले भोगाई बनेको छ । भएका उद्योग ३५/४० प्रतिशतमा सञ्चालित छन् । विविध कारणले रियल सेक्टर पछिल्लो केही वर्षदेखि नराम्रोसँग बिथोलिएको छ । समग्र माग घटेको छ । वस्तु तथा सेवामा गरिएको लगानीको पहिलो उपभोक्ता भनेको स्वदेशी नै हुन् । लगानीकर्ताले अत्यन्तै सावधानीपूर्वक विचार पुर्याउने पक्ष भनेको बजार र उत्पादित वस्तु तथा सेवाहरूबाट प्राप्त हुने प्रतिफल हो ।
भारतीय सहयोग र समन्वयविना आर्थिक सहयोग तथा ऋणले नेपाली बजारमा काम गर्न सक्दैन, तीतो यथार्थ हो । सरकारमा समाजवादी, बजारवादी वा मिश्रित जस्तोसुकै दलको दबदबा भए तापनि भारतीय सहयोगविनाको काम गर्न सक्दैनौं ।
नेपालमा लगानी गर्ने प्रत्येक कम्पनी र कर्पोरेटरहरूले भारत तथा भारतीय उत्पादन तिनीहरूको बारेमा पहिलो गहन अध्ययनपछि मात्र हामीकाँहा सोच्ने गरिन्छ । भारतीय औद्योगिकीकरणको सेप नराम्रोसँग लागेको नेपालमा देखिन्छ । भारतीय औद्योगिक क्षमता तथा ल्याकतसँग प्रतिस्पर्धाभन्दा पनि समन्वयका साथ अघि बढ्न सकेमा आर्थिक क्षेत्रमा चाँडो सुधार हुनसक्छ । जनसंख्या र आयको साथमा सामाजिक तथा सांस्कृतिक पक्षलगायत अन्य धेरै कुराहरूमा भारतीयहरूको साथ सहयोग आवश्यक देखिन्छ । भारतीय सहयोग र समन्वयविना आर्थिक सहयोग तथा ऋणले नेपाली बजारमा काम गर्न सक्दैन, तीतो यथार्थ हो । सरकारमा समाजवादी, बजारवादी वा मिश्रित जस्तोसुकै दलको दबदबा भए तापनि भारतीय सहयोगविनाको काम गर्न सक्दैनौं । यसका मुख्य दुईवटा पाटा छन् । पहिलो भारातीयहरू नेपालमा हुने सबै किसिमका लगानीका लागि उनीहरू पहिलो प्राथमिकतामा पर्नुपर्ने देखिन्छन् । दोस्रोमा हाम्रो सरकार वा संस्थापन पक्ष अन्य मुलुक तथा कम्पनीको लगानीभन्दा भारतीयहरूको लगानी बढी रुचाउँछन् ।
नेपालमा हुने हरेक किसिमको लगानीको कुरा गर्दा भारतीय व्यवसायी र तिनको कर्पोरेट क्षमतालाई नजरअन्दाज गर्न मिल्दैन । भारतीयहरूले आन्तरिक तथा विश्व बजारमा गरिरहेको कामको आधारमा यो कुरा अन्दाज गर्न सकिन्छ । नेपालमा सम्भावना भएका केही जलविद्युत् परियोजना, एकाध रणनीतिक सडक सञ्जाल र केही पर्यटन उद्योगसँग सम्बन्धित उद्योगका लागि पहिलो प्राथमिकता भारतीय हुनुपर्ने उनीहरूको संस्थापनको आकांक्षा देखिन्छ । केही उत्पादन क्षेत्रका परियोजना सोकेसमा राखिने भएकाले आवश्यक पुँजी, प्रविधि, मानव स्रोतसाधन जुटाउन सक्ने हैसियत भारतीयहरूले राख्ने गरेका छन् । यसैसँग जोडिएको अर्को पाटो नेपालमा उत्पादित वस्तु सहज एवं ठूलो बजार भनेको भारतीय उपभोक्ता हुन् चाहे त्यो जलविद्युत् वा पर्यटन क्षेत्र नै किन नहोस् ।
भारतीय भूमिले हालका दिन विश्वमै एक नम्बरको जनसंख्याको स्थान ओगटेको छ । त्यसैगरी ४०/५० करोड भारतीयहरूको जीवनस्तर, आम्दानी र खर्च गर्नसक्ने क्षमता माथिल्लो स्तरमा भएको पाइन्छ । यो जनसंख्याको आकार नेपालमा उत्पादित वस्तु तथा सेवाको माग गर्नेमात्र नभएर पर्यटनमा राम्रो सहयोगी हुन सक्दछन् । सरकारले विधेयकमार्फत लगानीलाई प्रत्यक्ष वा परोक्ष रूपमा असर गर्ने एक दर्जनभन्दा बढी ऐन कानुनको संशोधन तथा परिमार्जन गर्ने तयारी गरेको छ, यो राम्रो पक्ष हो । कानुनको संशोधनभन्दा पनि कार्यान्वयनले सही अर्थ दिन सक्छ । अघिल्ला लगानी सम्मेलनमा जस्तो अधिक वाचा तर अत्यन्तै कममात्र कार्यान्वयनमा आउने अवस्थामा सुधार हुने वातावरण नेपालले सिर्जना गर्न सक्नुपर्दछ ।
अन्त्यमा, सरकारले तयारी गरेको लगानी सम्मेलनमा जलविद्युत्, सडक, प्रसारण लाइन, खानी, केबलकार, कर्मचारीहरूको आवासगृह, सोलार पावर स्टेसनलगायत क्षेत्र समेटिएका छन् । कतिपय परियोजना निजी क्षेत्रका ल्याइएका छन् तर बजारमा भने तयारी नपुगेको, सरकार आफैं अस्थिर प्रकृतिको भएको, विदेशी तथा स्वदेशी लगानिकर्ताले नपत्याइरहेको जस्ता विषयले सम्मेलनमा व्यवधान हुनुहुँदैन । आगामी वर्षमा विदेशी लगानीको माध्यमद्वारा नेपाल अघि बढ्न सकोस् । हुन लागेको सम्मेलन फलदायी हुन सकोस् शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच