एक कप कालो कफी खान
उसलाई साथी चाहिन्छ
मरेको स्याल झैँ
निन्याउरो बनेर बोलाउँछ
कुनै बेइमानी नगर्ने
हरकसम खान्छ
आश्वासनमा भुलाउँछ
मेरो सिधापनमा खेल्छ
र निस्फिक्री मलाई लुट्छ ।
घरमा श्रीमती छे
अहम् जिम्मेवारीमा छ
उ पुरानो पार्टीको
ठूलो मान्छे हो
उसको गाडी छ
मलाई लोभ देखाउँछ
गाडीमा घुमाउने
चुत्थो षड्यन्त्र रचेर
मलाई निर्लज्ज लुच्छ
मेरो अस्तित्व लुट्छ ।
सिद्धान्तका कुरा सुनाउँछ
व्यापारको कुरा सुनाउँछ
अर्थतन्त्र र ज्योतिषको
अनि धर्मको कुरा गर्छ
शब्द भुइँमा नखस्दै
अधर्म र पाप गर्छ
आफूलाई आफैँ बिर्सन्छ
एक कप कालो कफीको
नशामा मलाई पशु झैँ लुट्छ ।
कफी खुवाएको र
गाडीमा घुमाएको नाफामा
होटलमा लान्छ
फकाउँछ र फसाउँछ
कालकोठरीमा थुनेर
नरभक्षी बाघ झैँ झम्टन्छ
मेरो शरीरसँग खेल्छ
मलाई बेपर्वाह लुच्छ
अनि बलात्कार गर्छ ।
मैले चिनेको एउटा
सुकिलो मान्छे
मलाई बारबार झुक्याउँछ
र निर्लज्ज भोग्छ
म जान्न, म खान्न
मैले भन्न सकिनँ
उफ!
बल्ल थाहा पाएँ
उसको कालो कफीमा
अपराधको जाल रहेछ ।
हिजो विहान लुट्यो
आज बेलुका लुट्यो
मौका कुनै दिन छोडेन
हिजो मेरै भूगोलमा लुट्यो
आज उसकै शहरमा लुट्यो
संवेदनशील अंगसँग खेल्छ
म जहाँ गयो
उसले त्यही लुट्छ ।
शहरको दृश्य देखौवामा
आफूलाई भद्र भन्ने
साँच्चै अनैतिक मान्छे
राक्षसरुपी मानव आकृति
किञ्चित पछि पर्दैन
छोरीको नाता लगाएर
बाउ उमेरको अपराधी
मलाई मनमैजी भोग्छ
फगत! निरन्तर लुट्छ ।
धुलाबारी ( झापा )
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच