![एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च](https://ehimalayatimes.com/wp-content/uploads/2023/03/Mahalekha-niyantrak-22-partisat-bikah-kharch.jpg)
काठमाडौं । सहकारी ठगी प्रकरणबारे छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन सकिएको छ । ।
टीओआरमा सहकारीको नाम लेख्ने तर गृहमन्त्रीको नाम नलेख्ने सत्तापक्षको प्रस्ताव र गृहमन्त्रीकै नाम लेख्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अडानपछि आज बसेको कार्यदलको बैठक निष्कर्षविहीन सकिएको हो ।
कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले आफूहरु गृहमन्त्रीकै नाम लेख्नुपर्ने अडानबाट पछि नहटेको बतउनु भयो ।
उहाँले भन्नुभयो, ’सहकारीको बिषयमा गृहमन्त्रीमाथि विभिन्न निकायमा छानबिन भइरहेको छ । उहाँ गृहमन्त्री भइसकेपछि छानबिन प्रभावकारी हुन सक्दैन भन्ने उद्देश्यका साथ कांग्रेसले सुरुदेखि नै समितिको माग गरेका छौं । हिजो कांग्रेसको बैठकले पनि त्यही कुरा स्पष्ट पारेका छौं ।’
एमाले सांसद महेश बर्तौलाका अनुसार छलफल सकारात्मक भएको छ, भोलि सहमति हुने सम्भावना रहेको उहाँले बताउनु भयो ।
सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सानो पाइला लगायतका सहकारीको नाम उल्लेख गर्ने तर उपप्रधानमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी सहमति जुटाउने छलफल भइरहेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच