रुपन्देही । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीलाई तिलोत्तमा ३को पशुपति टोल विकासले सम्मान गरेको छ। आफ्नो टोलले मन्त्री पाएको खुसीयालीमा मन्त्री अधिकारीलाई सम्मान गरेको हो।
पशुपति टोल विकास संस्थाका अध्यक्ष रमेश थापाको अध्यक्षता महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवति अधिकारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रममा भएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले लुम्बिनी प्रदेश भौतिक बिकासमा अरु प्रदेश भन्दा अब्बल भएपनि सामाजिक विकासमा पछि परेको बताउनु भयो । उहाँले आफुले मन्त्रालय समालेपछि सामाजिक विकासमा पछि परेको लुम्बिनी प्रदेशका सुचाकहरुलाई अघि तरिकाले लागेको बताउनु भयो। स्वास्थ्यका सबै सुचाङहरु पछि छन जस्तै कुपोषण, वाल मृत्युदर महिला मृत्युदर लगायका क्षेत्रमा योजना बद्ध तरिकाले लागेर सुधार गर्ने बताउनु भयो।
उहाँले महिला बालबालिका तथा जेष्ठ मन्त्रालयबाट हुने कार्यक्रम पारदर्शिक तथा अरु प्रदेशका भन्दा फरक तरिकाले ल्याउने र नमुना लुम्बिनी प्रदेश बनाउने तर्फ लागेको बताउनु भयो। मन्त्री अधिकारीले सडक पूर्वाधार भन्द महिलालाई रोजगारी र आत्मनिर्भर कसरी हुन्छन भन्ने खालका कार्यक्रम ल्याउने र यस टोलका महिलाहरु पनि यसमा सहभागी हुन आग्रह गर्नु भयो ।
तपाईहरुलाई के कार्यक्रम आबश्यक छ टोलमा सल्लाह गर्नुस अनि कसरी महिलाहरु आत्मनिर्भर हुनसक्छन् त्यस्ता कार्यक्रम माग गर्न टोल समितिलाई आग्रह गर्नु भयो। उहाँले प्रदेश सरकार केन्द्रबाट परिचालित हुने भएकोले बिहानको माहोल र बेलुकाको केहि भन्न नसकिने अबस्था रहेको बताउँदै बर्तमान प्रदेश सरकार पनि धेरै लामो टिक्न सक्ने अबस्था नरहेको बताउदै आफुमन्त्री रहँदासम्म आफनो योगदानमा कमी नहुने बताउनु भयो।
मन्त्री अधिकारीले टोल समितिका पदाधिकारीहरु लाई सल्लाह सुझाव दिन आग्रह गर्दै मन्त्रालयबाट अर्थात आफुले गर्नकामलाई सहयोग गर्न आग्रहसमेत गर्नु भयो ।
उपाध्यक्ष बासुदेव भण्डारीको स्वागत सचिब अम्बिका आर्चायको सञ्चालनमा भएको कार्यक्रममा सल्लाहकार चन्द्रकान्त खनाल सल्लाहकार अर्जुन सापकोटा, डाईभर प्रहरी बिटमा प्रमुख श्रीधर आर्चायले, सल्लाहकार चन्द्र खनाल, समाजसेवी अच्युत पन्थी,कैलास टोल बिकास संस्थाका शारदा आर्चायले बाेल्नु भएको थियो।
पशुपति टोल बिकास संस्थाका अध्यक्ष रमेश थापाले आफ्नो टोलले मन्त्री पाएको र विकासका लागि के गर्नु पर्छ मन्त्रीलाई जानकारी भएको बताउनु भयो । मन्त्री अधिकारीलाई टोलका अध्यक्ष उपाध्यक्ष जेष्ठ सदस्य तथा सल्लाहकारहरूले सम्मान गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच