प्याट्रिएट्स कप शनिबारदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुर प्याट्रिएट्स प्रालिको आयोजनामा प्याट्रिएट्स कप दोस्रो अन्तरकलेज टी-२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूह ‘ए’ ब्लु बर्ड, ब्रिलियन्ट र टेक्सास तथा समूह ‘बी’ पिनाकल, गोल्डेनगेट र प्राइम रहेका छन् । काठमाडौं मोडल कलेज, काठमाडौं युनिभर्सिटी र केएफए समूह ‘सी’ मा छन् भने ओरियन्ट, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र पब्लिक युथ कलेज समूह ‘डी’ मा छन् ।

विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई २५ हजार नगदबाट पुरस्कृत गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५-१५ हजार नगद पुरस्कार हात पार्नेछन् ।

प्रतियोगितामा जम्मा १५ खेल हुनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता निर्देशक सारोन जोशीले युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताउनुभयो ।

सारोनले प्रतियोगिताबाट दुई उत्कृष्ट खेलाडी छनोट गरी विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोजकका अनुसार प्रतियोगिताका लागि ५० लाख रुपैयाँ खर्च हुनेछ । आठदिने प्रतियोगिताका खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछन् । पहिलो संस्करणको उपाधि ब्लु बर्डले जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?