काठमाडौं । नेपालले वेष्ट इण्डिज ‘ए’विरुद्ध घरेलु मैदानमा पाँच खेलको टी-२० सिरिज खेल्दै छ । उक्त सिरिज आज (शनिबार)देखि टियू क्रिकेट मैदानमा सुरु हुँदैछ । सिरिजका लागि दुवै टोलीले टिमको घोषणा गरिसकेका छन् । दुई पटकको टी-२० विश्वकप विजेता टोली वेष्ट इण्डिज बलियो राष्ट्रमध्ये एक हो । आइसिसीको पछिल्लो टी-२० वरियतामा सातौं स्थानमा छ ।
नेपालले आइतबार दोस्रो खेल खेल्ने छ भने वैशाख १९ मा तेस्रो २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ । टियू मैदानमा हुने यो सिरिजका सबै खेल अपराहृन १ बजेदेखि सुरु हुने छन् । नेपालसँग खेल्न पहिलो पटक वेष्ट इण्डिज टोली नेपाल आएको हो ।
वेष्ट इण्डिजले ‘ए’ टिम पठाए पनि अधिकांश सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरूलाई समावेश गरेको छ । वेष्ट इण्डिज ‘ए’ टीममा तीन खेलाडीबाहेकका सबै खेलाडी सिनियर टोलीबाट खेलिसकेका छन् । ‘ए’ टिम भए पनि वेष्ट इण्डिजले आफ्नो प्रमुख खेलाडीलाई टिममा समावेश गरेको छ ।
सन् २०१२ र २०१६ मा विश्वकप जित्दा टोलीमा रहनुभएका आन्द्रे फ्लेचर र जोनसन चाल्र्सदेखि सिनियर टिमबाट एक सयभन्दा धेरै खेल खेलिसक्नुभएका रोष्टन चेससम्मलाई वेष्ट इण्डिजले टिममा समेटेको छ । यस्तै वेष्ट इण्डिजका उदाउँदा म्याथ्यु फर्ड, एलिक एथानाज र केसी कार्टी पनि टिममा हुनुहुन्छ ।
नेपालले जेठ २० गतेदेखि अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकप खेल्दै छ । उक्त तयारीका लागि नेपालले वेष्ट इण्डिजसँग घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । नेपालका लागि यो तयारीमात्रै हुने छैन, आफ्नो स्तर मापन गर्ने अवसर पनि हुनेछ । किनकि नेपालले टी-२० विश्वकपको समूह चरणमा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्ड र बंगलादेशको सामना गर्ने तालिका छ । नेपालले टेष्ट राष्ट्रसँग खेल्ने अवसर कमै पाउँछ ।
विश्वकपको तयारी स्वरूप नेपालले पछिल्लो समय नियमित सिरिज खेलिराखेको छ । तर, प्रदर्शनमा मन जित्न नसक्दा नेपालले नियमित बलिया राष्ट्रसँग खेल्ने अवसर भने पाउन सकेको छैन । केही दिनअघि ओमन भएको एसिसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा हङ्कङसँग पराजित हुँदा नेपालले विश्वकपअघि क्रिकेट समर्थकलाई निराशा बनाएको थियो । नेपाल प्रिमियर कपमा ब्याटिङ, बलिङ परीक्षण गरे पनि सफल हुन सकेको थिएन । उक्त हारबाट आएको निराशालाई चिर्दै विश्वकपअघि आत्मबल बलियो बनाउने अवसर नेपाललाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच