मस्को । रुससँगको युद्धका क्रममा युक्रेनका ओलम्पियन ओलेक्जान्डर पिइलिइशेन्कोको मृत्यु भएको छ । सन् २०१६ मा ब्राजिलमा आयोजना भएको रियो ओलम्पिकमा युक्रेनको प्रतिनिधित्व गरेका भारत्तोलन खेलाडी ओलेक्जान्डरको रुससँगको युद्धका क्रममा मृत्यु भएको बिबीसीले जनाएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै दुईपटकका युरोपियन च्याम्पियन ओलेक्जान्डर युक्रेनी सेनामा आबद्ध हुनुभएको थियो ।
३० वर्षीय ओलेक्जान्डरको रुसविरुद्धको युद्धका क्रममा मृत्यु भएको युक्रेनियन वेटलिफ्टिङ फेडेरेसनका सदस्य तथा प्रशिक्षक भिक्टर स्लोबोडियनियुकले पुष्टि गर्नुभएको हो । सन् २०१६ तथा २०१७ को युरोपियन च्याम्पियनसिपमा स्वर्ण जित्नुभएका ओलेक्जान्डर रियो ओलम्पिकमा ८५ केजी तौल समूहमा चौथो हुनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच