बैतडीमा एक किशोरी विद्युतको पोलमा झुण्डिएको अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । बैतडीमा एक १९ वर्षीया किशोरी मृत फेला परेकी छन्।  जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ वर्षीया चन्द्रा विष्ट मृत अवस्थामा फेला परेकी हुन्।

घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताउनु भयो।

शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थमा फेला परेकी हुन्।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत विष्ट मृत्युको कारण भने खुलेको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?