ओखलढुंगा । ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं ११ स्थित खरपाखामा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । नीजि खरपाखामा आगो लगाई क्षति पु-याएको अभियोगमा वडा नं ११ बस्ने वर्ष २६ को महेश बि.क. र वर्ष २३ को सुजन बिकलाई पक्राउ गरिएको हो ।
अपराधीक गतिविधिमा संलग्न भई खरपाखामा आगो लगाई क्षति पु-याएको भनी खरपाखाकी धनी मिनुमाया गुरुङले दिएको उजुरीका आधारमा नीजहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पश्चात मंगलबार जिल्ला अदालत ओखलढुंगाबाट ४ दिनको म्याद थप गरी थप अुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सोमबार बेलुका ८ बजेको समयमा आगलागी भएको थियो । वडा नं ११ स्थित नगरपार्क क्षेत्रमा रहेको खरपाखामा आगो लगाई भागेका थिए । उक्त अगो स्थानिय बासी र प्रहरीको संलग्नतामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचनाअधिकारी एवं प्रहरी निरिक्षक बलिस्टार सिंहले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच