![चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/lamkhutte.jpg)
डडेल्धुरा । पटक पटक नाम फेरिने संघिय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालको स्तरोन्नति गर्ने सरकारी योजना ६ वर्ष सम्म पनि कार्यान्वयन नहँदा स्थानीयले सास्ती भोग्नु परेको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अन्र्तत मध्य भागमा अवस्थित डडेल्धुरा अस्पताल डडेल्धुरामा बैतडी दार्चुला डोटी बाजुरा अछाम र डडेल्धुराका बिभिन्न स्थानबाट उपचारका लागि दैनिक २५० जना बिरामी आउने अस्पतालमा अत्यावश्यक सेवा खानेपानीको अभाब मात्र नभई दरबन्दी अनुसारको चिकित्सक नहुँदा बिरामी अन्यत्र जान बाध्य भएका छन् ।
४० वर्ष स्वास्थ्य सेवा प्रदान गरेको टिम अस्पताल र एचडिएचएस संस्थालाई आन्दोलन मार्फत बिस्थापित गर्दै उपक्षेत्रीय अस्पतालको रुपमा स्थापना भएको अस्पताल २०७५ सालमा संघिय तत्कालिन सरकारले केन्द्र सरकार मातहतमा राखी मौजुदा १०० शैयाको अस्पताललाई ५०० शैया र साधनश्रोतले सम्पन्न बनाउने योजना कार्यान्वयन भएको छैन ।
१०० शैयाको अस्पताललाई क्रमिक रुपमा प्रत्येक वर्ष बिस्तार गर्दै लैजाने योजना भए पनि हाल सम्म न त शैया थपियो, न योजना बमोजिम जनशक्ति नै । हाल उपक्षेत्रीय अस्पतालकै संरचना बमोजिम अस्पताल संचचालनमा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले बताउँनु भयो ।
लामो समयको खडेरीले गर्दा जिल्ला सदरमुकाममै खानेपानीको समस्या छ, जसको प्रत्यक्ष असर अस्पतालमा पनि नपर्ने कुरै भएन, खानेपानी आपूर्ति गर्ने संस्था खलंगा खानेपानी तथा सरसफाई समिति लगायत सरकोकारवाला निकायले पनि ध्यान दिनु पर्ने र सहयोग पनि गर्नु पर्ने हुन्छ र पानीको समस्या समाधानका लागि अस्पतालमा सेवा लिन आउँने बिरामी तथा बिरामकिा आफन्त र सहयोगीले पनि बझिदिनु पर्ने अध्यक्ष ओझाको भनाई छ ।
हुन त अस्पतालमा सेवा लिन आउँने बिरामीका आफन्तले भोगेका अनेकौं समस्याहरु छन्, बिरामी चेकजाँच गर्न चिकित्सकले पर्याप्त ध्यान नदिएको, अस्पतालमा जडान भएका बिभिन्न उपकरण मसिन र मनिटरहरु तयारी अवस्थामा नरहेको, बन्द र बिग्रिएको अवस्थामा रहेको, बिजुलीका लाईन तथा प्वाईन्टहरु लथालिंग रहेको, शैचालय र अस्पताल परिसर क्षेत्र भित्र सरसफाईमा ध्यान नदिएको, ओपिडिमा पनि काम गर्र्ने कर्मचारीबाट सेवा मैत्री भाव नदेखिएको, अस्पतालको फार्मेसीमा महत्वपूर्ण औषधिको अभाव, अस्पतालको क्यान्टिनमा खानाको गुणस्तर लगायत बिबिध विषयमा गुनासो भए पनि अस्पताल परिवारले पर्याप्त ध्यान नदिएको बिरामी कुरुवा बताउँछन् ।
अस्पतालमा केहि समय यता वालवालिका विशेषज्ञ, शल्य चिकित्सक, स्त्रीरोग, हाडजोर्नी र नाककान घाँटी विशेषज्ञ ४ जना करारमा कार्यरत भए पनि अस्पतालको संरचना बमोजिमका उपकरण, चिकित्सक सेवा सुबिधाहरु नहुँदा सामान्य उपचारका लागि पनि तराँई तथा सिमाबर्ती भारतिय बजारका अस्पतालको गर्मी र सास्ती खान बाध्य भएका छन् ।
अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक छैनन, हामीले आन्तरिक श्रोतमा जनशक्ति परिचालन गरेका छौं भने सेवाग्राहीले गरेको खानेपानीको अभाव सम्बन्धि गुनासो र आक्रोस पनि हामीले व्यवस्थापन गर्दै लगेका छौं तथापी कमी कमजोरी रहेका छन् आगामी दिनमा हाम्रो व्यवस्थापनले सकिने जति गर्न तत्पर र प्रतिबद्ध रहेका छौं तर संघिय सरकारले गर्नु पर्ने काम पनि त हुनु पर्यो अहिले अस्पतालमा भएका समस्या तथा चुनौतीहरु केहि आन्तरिक र केहि केन्द्र सरकारका कारण भएको पनि अध्यक्ष ओझाले स्वीकार गर्नु भयो ।
अस्पतालमा निर्माण भएका नयाँ भवनमा पनि आशिंक रुपले ओपिडि सेवा संचालनमा छ, पुरानो भवनमा पनि सेवा सुचारु नै छ तर संघिय सरकारले बिस्तार गर्ने भनिएको सेवासुबिधालाई कार्यान्वयन गरि दिए अस्पतालको समग्र सेवा प्रवाह प्रभावकारी भई आम जनतालाई अनुभूति हुने उहाँ बताउनु हुन्छ ।
सुदूरपश्चिम प्रदेशको केन्द्र बिन्दुमा रहेको डडेल्धुरा अस्पताल डडेल्धुरा सामान्यदेखि आकस्मिक उपचारको लागि पहाडी जिल्लाको एक मात्र भरोसाको केन्द्र भएकोले यस अस्पतालको सेवा सुबिधा, गुणस्तर र पूर्बाधार निर्माण तथा जनशक्ति नियुक्तिमा स्वास्थ्य मन्त्रालयले हेलचक्रयाई गर्न नहुने नागरिक समाज डडेल्धुराको भनाई छ ।
हाल अस्पतालमा दैनिक लगभग अढाई सय भन्दा बढि बिरामी दर्ता हुने गरेको ओपिडिको तथ्यांक रहेको छ भने वार्डमा भर्ना दर २५ जना जति रहने गरेको अस्पतालको दैनिक अभिलेखमा देखिन्छ, अस्पतालमा १८ जना बिभिन्न सेवाका मेडिकल अधिकृतसहित चिकित्सक कार्यरत रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच