जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका- ७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भिरबाट लडेर ७० भेडा मरेका छन्।
गएराति अन्दाजी २ बजे तातोपानी- ७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा हाम फालेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिनुभयो ।
भेडा धनी मगे रावत र सिउल रावत सहोदर दाजुभाइ हुनु हो।
अस्थाई प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार दुई भाइका १०२ भेडा मध्य राति भालुले लखेटेर एक पछि अर्को गर्दै थुमलचौरको भिरबाट हाम फालेर ७० भेडा मरेको भेटिएका छन्। ३१ भेडा बेपत्ता छन् । गोठनै रित्तो भएपछि भेडा पालक मगे रावत र सिउल रावत चिन्तित भएका छन्। जीवन धान्ने पेशा भेडा पालन रोजेका उनीहरूका अहिले भेडा मरेपछि घर खर्च चलाउन निकै गाह्रो भएको भेडा पालक किसान मगे रावतले जानकारी दिनुभयो ।
पीडित भेडा किसानलाई राहतका लागि आवश्यक सहयोग र संघसंस्थालाई राहतका लागि पालिकाले समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच