लण्डन । वेस्टहृयामका प्रशिक्षक डेभिड मोयसले सिजनको अन्त्यमा क्लब छाड्ने हुनुभएको छ । उहाँको सम्झौता यही सिजनको अन्त्यमा सकिँदैछ । क्लबले उहाँले सिजनको अन्त्यमा वेस्टहृयाम छाड्ने जानकारी दिएको हो ।
डिसेम्बर २०१९ मा फर्किनुभएका उहाँले आफ्नो दोस्रो कार्यकाल सम्हालिरहनुभएको छ । पछिल्लो चार वर्षमा उहाँले टोलीलाई गत सिजन युरोपा कन्फरेन्स लिगको उपाधि दिलाउनुभएको थियो ।
डेभिडको प्रस्थान आपसी सहमतिमा भएको क्लबले जानकारी दिएको छ । डेभिडले क्लब बलियो स्थितिमा रहेको दाबी गर्नुभएको छ । ‘म सन् २०१९ मा फर्किएको भन्दा क्लब बलियो स्थितिमा छ । दोस्रोपटक वेस्टहृयाम सम्हाल्दा क्लब रेलिगेसन जोनभन्दा एक स्थान माथि थियो ।’
६१ वर्षीय डेभिडले यसअघि प्रिमियर लिगमा एभर्टन, म्यानचेस्टर युनाइटेड र सन्डरल्याण्ड सम्हालिसक्नुभएको छ । स्पेन र रियल म्याड्रिडका पूर्वप्रशिक्षक जुलेन लोपेटेगुइले डेभिडको स्थान लिने वेस्टहृयामले जनाएको छ । लोपेटेगुइले अन्तिम पटक प्रिमियर लिगमा उल्भ्सहृयाम्पटन सम्हाल्नुभएको थियो । उहाँले यो सिजन सुरु हुनुभन्दा केही दिनअघि क्लब छोड्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच