न्यूयोर्क । विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिले आयोजनामा ऐतिहासिक प्रथम विद्वत् धर्मसभा ओम सेन्टर दिव्यधाम ओहायोमा सम्पन्न गरेको छ । उक्त धर्मसभामा वासुदेवशरणजी महाराज, स्वामी केशावाचार्यजी, स्वामी दामोदराचार्यजी, स्वामी श्रीकृष्ण प्रपन्नजी तथा क्यानाडाबाट स्वामी सुदर्शनाचार्यजी र डा.खेमप्रसाद नेपाल लगायतको उपस्थिति रहेको थियो । साथै अमेरिकाको १० वटाभन्दा बढी शहरहरूबाट एक सयभन्दा धेरै गुरु-पुरोहित, पण्डित, आचार्य, विद्वान्, विदुषीहरू एवं समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । दीप प्रज्ज्वलनसँगै उपस्थित गुरुजनहरूले स्वस्तिवाचनसहित मंगल धुनकासाथ सुरु गरिएको सो धर्मसभामा संस्थाका उपाध्यक्ष खिम खतिवडाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सभाको अध्यक्षता संस्थाका अध्यक्ष कमल धिमालले गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका बोर्ड अध्यक्ष नारद अधिकारीले गर्नु भएको थियो । समाजकै वयोवृद्ध विद्वान् पं. श्रीपद्मनाभ (पशुपति) खनालको प्रमुख आथित्यमा भएको कार्यक्रममा संस्थाको वैदिक निर्णायक समितिका संयोजक पं. श्रीहरि फुयाँलले धर्मसभाको आवश्यकता र औचित्यमाथि प्रकाश पानुभएको थियो । अध्यक्ष श्रीकमल धिमालले विगत र वर्तमानमाथि चर्चा गर्दै विभिन्न चुनौती र अवसरका विषयमा प्रेजेन्टेसनका माध्यमबाट जानकारी गराउँनु भएको थियो । उहाँले विश्व भूटानी हिन्दु संगठनको वर्तमान कार्ययोजनामाथि प्रकाश पार्दै ओम सेन्टर दिव्यधामको आवश्यकता, स्थापना र यसका भावी योजनाका सम्बन्धमा प्रेजेन्टेसनबाट प्रष्ट पर्नु भएको हो ।
पुनर्वासपछि विभिन्न राष्ट्रमा छरिएर रहनु भएका वैदिक धर्मावलम्बी नेपालीभाषी भूटानीहरू कसरी एक भएर हाम्रा धरोहर, भाषा, धर्म, संस्कार, संस्कृतिलगायत विभिन्न स्थानमा स्थापित मठमन्दिरको संरक्षण र संवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मञ्चासीन सम्पूर्ण स्वामीहरू तथा विद्वतजनले आ-आफ्ना विचार प्रस्तुत गर्नु भएको थियो ।
धर्मसभामा विभिन्न सम्प्रदायका स्वामीजी महाराजहरू, विद्वान् विदुषीहरू र यसका अनुयायीहरूले आ-आफ्नो सम्प्रदायको अस्तित्वलाई कायम राखी एक अर्कालाई सम्मान, सहयोग, सद्भावका साथ वैदिक सनातन धर्मको संरक्षण, संवद्र्धन र विकासका लागि एक भएर अघि बढ्ने निर्णय भएको छ ।
धर्मसभाले विभिन्न निर्णयहरू गर्ने निणर्य पनि गरेको छ । वैदिक सनातन धर्मका अनुयायीहरूका घर-घरमा, समाजमा र विभिन्न संगठनमा उठेका प्रश्न, धर्मअन्तर्गत छाएका अन्योलतालाई निकास दिनुका नै मूल मर्म रहेको बताउनुभयो । साथै देश, काल र परिस्थिति अनुरूप युवा पुस्तालाई धर्मको मर्म एवं भावनालाई बुझाउँदै र सिकाउँदै अघि जान विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिले यस वैदिक विद्वत् धर्मसभाबाट पूर्णता पाएको छ ।
पं हरि फुयाँलको संयोजकत्वमा गठित १५ सदस्यीय समितिले भविष्यमा पनि यस्ता ऐतिहासिक धर्मसभालाई निरन्तरता दिने र समितिले आवश्यकता अनुसार समय-समयमा विद्वत् धर्मसभाको आयोजना गर्दै जाने भएको छ । समाजमा उठ्नसक्ने विभिन्न प्रश्न एवं जिज्ञासाहरूको समाधान गर्न शास्त्रीय प्रमाणसहित उपयुक्त पहल गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।
विश्व भूटानी हिन्दू संगठनले केही महिना अगाडि घोषणा गरेको २०२५ मा हुने विश्व शान्ति महायज्ञमा यस धर्मसभामा सम्पूर्ण उपस्थित स्वामी, महाराज, आचार्य, पण्डित एवं पुरोहितहरूको सहमति र सहयोग गर्ने र ऐतिहासिक यज्ञलाई सफल पार्ने सबैको साथसहयो अपेक्षसहितको निर्णय गरएको छ ।
उक्त महायज्ञमा १०८ श्रीमद्भागवत महापुराण, चार वेद र अन्य विभिन्न धर्मग्रन्थहरूको समेत पाठपाराण तथा संगीतमय कथ प्रवचन हुने भएको छ । यसै सामुहिक महायज्ञमा पञ्च कुण्डीय हवन, एक करोड दीप प्रज्ज्वलन र १०८ शंखनादसमेत गरिने निर्णय भएको छ । सो धर्मसभामा उपस्थित स्वामी केशावाचार्य, स्वामी दामोदराचार्य, श्रद्धेय स्वामी कृष्णप्रपन्न, स्वामी रामानुजाचार्य तथा क्यानाडाबाट स्वामी सुदर्शनाचर्यलाई विश्व भूटानी हिन्दु संगठनले ‘धर्म-संवाहक’ उपाधिले अभिनन्दन गर्नुका साथै संस्थाको सम्मानार्थ सदस्यतासमेत प्रदान गरेको छ ।
२०१७ सालदेखि विश्व भूटानी हिन्दू संगठन अन्तर्गत वैदिक निर्णायक समिति र पञ्चांग निर्माण समितिसँग आबद्ध समाजका विद्वान् तथा विदुषीहरूले दिएको योगदानको उच्च मूल्यांकन गर्दै विभिन्न विद्ववत् वर्गलाई धर्मसभामा सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच