![वर्षाले डढेलो निभाउने आशा](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Aagalagi-Dadelo-Myagdi.jpg)
काठमाडौं । जयकुमार नाथ साह मेमोरियल यू-१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको सातौँ दिन मंगलबार भएको खेलमा एन्जल्स हर्ट स्कुल विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एन्जल्स ६ विकेटले विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको केएमसी स्कुलले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । १६३ रनको लक्ष्य पछ्याएको एन्जल्सले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो । एन्जल्स हर्ट स्कुलका युवराज खत्री खेलको म्यान अफ दि म्याच घोषित हुनुभयो ।
यस्तै, मंगलबार नै भएको अर्को खेलमा अपि स्कुलले जेम्स स्कुललाई हराएको छ । अपिले जेम्सलाई ३ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको जेम्स स्कुलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको अपिले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो । खेलको म्यान अफ दि म्याच अपिका एकेन्द्र बुढा घोषित हुनुभयो ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा १६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइँदैछ । विजेताले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगदसहित गिफ्ट हृयाम्पर दिइनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ ले एक हजार नगदसहित गिफ्ट हृयाम्पर पाउनेछन् ।
मुख्य प्रायोजकमा स्व. जयकुमार नाथ शाहका परिवार छन् । जम्मा २७ खेल हुने प्रतियोगिताका खेलहरू मूलपानीका दुवै क्रिकेट मैदानमा खेलाइँदैछ । वैशाख ३० गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख २६ हजार पाँच सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच