काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच हुँदैछ ।
दिल्लीमा हुने यो खेल अपराहन्न ३ः४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ९ खेलमा ४ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । दिल्ली क्यापिटल्स अहिले ८ अंकसहित छैटौं स्थानमा छ ।
त्यस्तै मुम्बई इण्डियन्सले ८ खेलमा ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । मुम्बई इण्डियन्स ६ अंकसहित आठौँ स्थानमा रहेको छ ।
त्यसैगरी आज दोस्रो खेल लखनउ सुपर जाइन्ट र राजस्थान रोयल्स खेल्दै छन् । लखनउमा हुने यो खेल आज राति ७ः४५ बजेदेखि शुरु हुदै छ ।
जारी आइपिएलमा लखनउले ८ खेलमा ५ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । लखनउ अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
त्यस्तै राजस्थान रोयल्सले ८ खेलमा ७ जित हासिल गरेको छ र एक खेलमा हार बेहोरेको छ । १४ अंकसहित राजस्थान अहिले शिर्ष स्थानमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच