दोलखा । जिल्ला अदालत दोलखाले सामूदायिक वनमा आगो लगाउने मुद्दाका अभियुक्तलाई पुर्पक्षकालागि थुनामा पठाएको छ । सामूदायिक वनमा आगो लगाएको मुद्दाका अभियुक्त श्यामबहादुर तामाङलाई जिल्ला अदालत दोलखाले मंगलवार पुर्पक्षकालागि थुनामा पठाएको हो ।
भीमेश्वर नगरपालिका वडा नम्बर सातमा रहेको थाङसा देउराली सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामबहादुर भूजेल समेतको नामबाट सो बनमा आगो लगाउने आरोपी सोही वडाका श्यामबहादुर तामाङ विरुद्ध जिल्ला अदालत दोलखामा मुद्दा दायर गरिएकोेमा जिल्ला अदालत दोलखाले मंगलवार अभियुक्तलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत दोलखाले जनाएको छ ।
चैत्र २८ गते अभियुक्त श्यामबहादुर तामाङले भीमेश्वर नगरपालिका वडा नम्बर सातको थाङ्सा देउराली सामूदायिक वनमा आगोलगाएको भन्दै सो सामूदायिक वन उपभोक्ता समितिले चैत्र ३० गते डिभिजन वन कार्यालय दोलखामा जाहेरी दिएको थियो । सोही जाहेरीको आधारमा अभियुक्त तामाङलाई ३० गते नै नियन्त्रणमालिई अनुसन्धान कार्य अगाडि बढाइएको डिभिजन वन कार्यालय दोलखाका अनुसन्धान अधिकारी दिपकप्रसाद रिमालले जानकारी दिनुभयो । आवश्यक अनुसन्धान पश्चात सरकारी वकिलको रायसहित तामाङ विरुद्ध बैशाख २३ गते जिल्ला अदालत दोलखामा मुद्दा दर्ता गरिएको अनुसन्धान अधिकारी रिमालको भनाई रहेको छ ।
तामाङले लगाएको आगोबाट थाङसा देउराली सामूदायिक वन को १९ दशमलब ६३ हेक्टर वन क्षेत्र आगलागीको चपेटामा परेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । तामाङ विरुद्ध दायर मुद्दामा ५ लाख ३३ हजार नौसय त्रिसट्ठी रुपैयाँ विगो तथा हदैसम्मको जरीवाना र कैद समेत माग गरिएको डिभिजन वन कार्यालय दोलखाको भनाई रहेको छ । विद्यमान कानुनमा वनमा आगो लगाउनेलाई साठीहजार रुपैयाँसम्म जरीवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी ब्यवस्था रहेको छ । वनमा आगो लगाउने विरुद्धको यो मुद्दाले वनमा आगो लगाउनु ठूलो अपराध भएको सन्देस सबैतिर पुग्ने डिभीजन वन कार्यालय दोलखाका प्रमुख कृष्ण न्यौपानेको भनाई रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच