एनआइसीको नाफा चार अर्बभन्दा बढी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सो अवधिमा बैंक कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७१.५९ अर्ब पुर्‍याउन सफल भएको छ भने कुल निक्षेप संकलन ३१४.३१ अर्ब पुर्‍याउन बैंक सफल भएको छ ।

त्यस्तै खुद मुनाफा ४.६५ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक बिन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो । बैंकको स्व-पुँजीमा प्रतिफल १७.०७ प्रतिशत रहेको छ भने वार्षिक प्रतिसेयर आम्दानी ४०.२२ आर्जन गरेको छ ।

स्व-पुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २० वटै वाणिज्य बैंकमध्ये अग्रणी रहेको बैंकको अनुमान छ । कर्जा असुलीमा पनि उत्साहजनक उपलब्धि हासिल गरेको बैंक निष्क्रिय कर्जा अनुपात ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ । गत आर्थिक वर्ष छ लाख बढी नयाँ ग्राहक थप गर्दै ३८ लाखभन्दा बढीलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रमा कर्जा विस्तार गरेको जनाएको छ । बैंकले गत आर्थिक वर्ष सरकारलाई तीन अर्ब ६६ करोडभन्दा बढी राजस्व भुक्तानी गरेको बंैकका सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?