काठमाडौं । सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्टको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको हालै सम्पन्न वार्षिक साधारणसभाले चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।
साथै साधारणसभाले संस्थापक सेयरधनी समूहबाट पाँचजना सञ्चालक विष्णुप्रसाद न्यौपाने, विमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट एकजना शिव सिंह कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ । स्वतन्त्र सञ्चालकमा नेहा अग्रवाललाई मनोनीत गरिएको छ ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले हालका विभिन्न चुनौती सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सर्वोत्तम सिमेन्टले नामजस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापनापछि हालसम्म छ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार एक सय ६६ टन क्लिंकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच