कालीकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटको १६ औँ साधारणसभा तथा अधिवेशन सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।
महासंघ कालीकोट शाखाका अध्यक्ष भरतराज बिष्टको अध्यक्षता र खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्यतामा साधारणासभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन समारोहमा बोल्दै खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले पत्रकारनै सूचना प्रवाहको स्रोत भएकाले सत्यतथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
आम जनताको सूचना प्राप्तिको स्रोत पत्रकार भएकाले पत्रकारमा जोश जाँगर र इच्छाशक्ति हुन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले जिल्लाको गतिविधिलाई सम्प्रेषण गर्ने क्रियाशिल सञ्चारमाध्यम र पत्रकारलाई टिकाउन नगरपालिका सधैं सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले लोकतन्त्रको मेरुदण्डनै सञ्चारमाध्यम भएको बताउनुभयो । राज्यका नीति नियम, कानुन आम जनतासम्म पु-याउन पत्रकारको महत्वपूर्ण भूमिका हुने भएकाले पत्रकार राज्यको चौथो अंग भएको उहाँको भनाइ थियो । ‘उहाँले भन्नुभयो, देशमा सुशासन कायम गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहने भएकाले सत्यमा आधारित रहेर कलम चलाउन उपस्थित पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
खाँडाचक्र नगरपालिका–१ को सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिनेहरुले कालीकोटको पत्रकारिता क्षेत्र विभिन्न समस्या र कठिनाईका बाबजुत पनि पत्रकारहरु आफ्नो कर्मबाट बिचलित नभएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका पूर्वअध्यक्ष तथा महासंघका केन्द्रीय परिषद सदस्य कालीबहादुर मल्लले पत्रकारिता क्षेत्रमा थप सृजनशिलता र निश्पक्षताको आभास मिल्दै जाओस् भन्ने शुभकामना दिदँै पत्रकारिता क्षेत्रमा आएका समस्या समाधानमा आफूहरुले विशेष रुपमा केन्द्र सम्म आवाज पुर्याउने आश्वासन दिनुभयो ।
साधारणसभाको शुभकामना दिँदै संगठनको तर्फबाट प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका महासचिव पत्रकार प्रेमराज सिम्खडाले राजनीतिक पार्टीको छाँयामा रहेको पत्रकारिताको आरोपलाई निरुत्साहित गर्न क्रियाशिल पत्रकारले निष्पक्ष रुपमा पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।
पत्रकार महासंघको सदस्य लिएर राजनीति गर्देै हिड्नु पत्रकारिताको आंचारसंहिता विपरित भएको बताउँदै महासंघमा सक्रिय पत्रकारहरु मात्र सदस्य रहन उहाँले आग्रह गर्नुभएको थियो ।
समृद्ध नेपाल बनाउने सरकारको अभियानमा हुने सफलता र असफलतामा दुवै जिम्मेवार पत्रकार पनि हुने बताउँदै रचनात्मक भूमीका कार्यक्षेत्रमा देखाउनुपर्ने उहाँको भनाइ थियो ।
उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाही, पत्रकार महासंघ कालीकोटका उपाध्यक्ष नमराज योगी, प्रेस चौतारी नेपाल कालीकोटका अध्यक्ष विश्वनाथ सिम्खाडा, प्रेस संगठनका जिल्ला अध्यक्ष वीरेन्द्र आर्चाय, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनन्त बराल, प्रेस चौतारी नेपाल कालीकोट जुम्ला इन्चार्ज पवित्रकुमार शाही लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
महासंघको सांगठनिक प्रतिवेदन सचिव खडानन्द अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमेश कुमार शोनीले प्रस्तुत गरेको प्रतिवेदन सभाले सुझाव सहित पारित गरेको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ कालीकोटका पूर्वअध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य बरीष्ठ पत्रकार तुलाराम पाण्डेले महासंघ स्थापना गर्दाको समयमा धेरै समस्याका बीचमा पनि पत्रकारिताको गरिमालाई उचो बनाउन सफल भएको बताउनुभयो । सल्लाहकार तथा पूर्व अध्यक्ष समेत रहनुभएका पाण्डेले झोलाबाट अहिलेको भव्य कार्यालय स्थापना गर्दा सम्म निकै नै चुनौतिको सामना गर्नुपरेको स्मरण गर्नुहुँदै पत्रकारिताको माध्यमबाट समाजमा आमूल परिवर्तन र रुपान्तरण भएको बताउनुभयो ।
महासंघको १६ औँ साधारणसभाको बन्दसत्रमा कार्यक्रम समापन गर्दै नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष्य भरतराज बिष्टले पत्रकारिता काल्पनिक नभई वस्तुनिष्ठ र सत्यतामा रहेको पत्रकारिता गरिनुपर्ने बताउनुभयो । अध्यक्ष बिष्टले पत्रकारिताको गरिमा बचाउन चुनौतीपूर्ण रहेको समेत बताउनुभयो ।
साथै उहाँले पत्रकार भइरहन टिकाइ रहन र विश्वास दिलाउन अहिले पत्रकारितामा चुनौती रहेकोले त्यसतर्फ सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले पत्रकार समाजको ऐना भएकाले समाजको चित्रण पत्रकारितामा आउनुपर्ने बताउनुभएको छ । यस्तै उहाँले सदस्यता शुद्धिकरण र चुस्तता भएमा पत्रकारिताकोसमेत गरिमा र शाख बढ्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच