फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा थापा

Read Time = 1 min

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त हुनुभएको छ । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा नौ वर्षभन्दा बढी सेवा अनुभव सम्हालिसक्नुभएका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड-प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ का रूपमा काम गरिसक्नुभएको छ ।

थापा प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटाइजेसनको कार्यान्वयनमा सक्रियरूपमा संलग्न रहँदै आउनुभएको छ । कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गर्नुभएका थापासँग क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत वैकल्पिक वित्तका लागि क्याम्ब्रिज केन्द्रबाट ‘क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभवसमेत रहेको फोनपेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?