ललितपुर । सवल कृषि अनुसन्धान, आयात प्रतिस्थापन र खाद्य सम्प्रभुतामा योगदान भन्ने नाराका साथ नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले मंंगलबार ३३औँ स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको पूर्वसन्ध्यामा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा नार्कले सरकारबाट प्राप्त हुने सीमित साधन स्रोतका बाबजुद पनि नार्कले बाली तथा पशुपन्छीका जातीय तथा नश्ल विकास, कृषि प्रविधि विकास, स्रोत सामग्री उत्पादन, जैविक विविधता संरक्षण, सामाजिक, आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण, सेवा तथा परामर्शलगायतका क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको दाबी गरेको छ ।
नार्कका अनुसार प्राविधिक र गैरप्राविधिक गरी एक हजार आठ सय २३ दरबन्दीमध्ये करिब ४६ प्रतिशत पद रिक्त छन् । वैज्ञानिक चार सय १३ र प्राविधिक अधिकृत तीन सय ३३ पद रिक्त छन् ।
प्राविधिक र गैरप्राविधिक गरी हाल एक हजार आठ सय २३ दरबन्दीमध्ये करिब ४६ प्रतिशत पद रिक्त रहेका छन् । नेपालभन्दा राम्रो अवसर पाएर विदेश पलायन हुने, अवकाश हुने र २०५४ सालयता एकपटकमात्रै पदपूर्तिको दरबन्दी खुलाएकाले दरबन्दी रिक्त हुन गएको नार्कले जनाएको छ । उक्त दरबन्दीमध्ये वैज्ञानिक चार सय १३ पद र प्राविधिक अधिकृत तीन सय ३३ पद रिक्त छ । हाल भइरहेको पदपूर्ति कार्यबाट वैज्ञानिक पदमा १० प्रतिशत र प्राविधिक अधिकृत पदमा १९ प्रतिशत गरी जम्मा १५ प्रतिशत कर्मचारी थप हुने पनि नार्कले जनाएको छ ।
मुलुकमा विद्यमान भौगोलिक तथा पारिस्थितिकीय विविधताको प्रतिनिधित्व हुनेगरी देशका विभिन्न क्षेत्रमा रहेका ६३ कार्यालयमार्फत् अनुसन्धान कार्यक्रम सञ्चालन गर्दै आएको नार्कले उक्त कार्यका लागि सरकारबाट ९७ प्रतिशत र विभिन्न दातृ निकायबाट तीन प्रतिशत आर्थिक स्रोतका रूपमा प्राप्त गर्ने गरेको छ । २०१७ मा उन्मोचित गहुँको जात लेर्मा ५२ नेपालमा जातीय विकासको इतिहासमा पहिलो कोशेढुंगाका रूपमा रहेको छ । त्यसयता नार्कले विभिन्न ८४ बालीका आठ सय ९३ जात सिफारिस गरिसकेको छ । तथापि नयाँ नयाँ जातको विकाससँगै सोमध्ये एक ६५ जात दर्ता सूचीबाट हटाइएका छन् ।
नार्कका अनुसार त्यसरी सिफारिस गरिएका धान, मकै, गहुँ, मुसुरो तथा आलुका जातहरूको प्रयोगदर क्रमशः ३५, ७३, ९४, ६० र ४६ प्रतिशत रहेको छ । नार्क स्थापनाको ३० वर्षको अन्तरालमा धान, मकै र गहुँ खेतीको क्षेत्रफल विस्तारमा खासै सुधार नदेखिए पनि उत्पादनदर भने क्रमशः एक सय २१, एक सय ५२ र दुई एक प्रतिशतले वृद्धि भएको नार्कको दाबी छ । साथै उत्पादकत्व दरसमेत क्रमशः ५४, ७८ र एक सय २१ प्रतिशतले वृद्धि भएको बताइएको छ ।
कृषि अनुसन्धानमार्फत् सिफारिस गरिएका हाल प्रचलित उन्नत जात र प्रविधि प्रयोगलाई थप विस्तार गर्न सकिएमा धान, मकै र गहुँ उत्पादन क्रमशः २४, ९३ र १० प्रतिशतले वृद्धि गरी उल्लेखनीयरूपमा प्रमुख खाद्यवस्तुको आयात प्रतिस्थापन गर्न सकिने पनि नार्कको जिकिर छ । नार्कले गत आर्थिक वर्ष २०७९/०८० मा प्रशोधन उद्योग (चिप्स, फ्रेन्च फ्राइ) का लागि नयाँ आलुको जात विकास गरेको छ । खुमल सेतो ३ र खुमल रातो ४ जातको आलु विकास गरेको हो । त्यस्तै, अगौटे सुन्तलातर्फ ‘ओकित्सुवासे’, वदामतर्फ ‘नवलपुर बदाम १, रायो सागतर्फ ‘हिमचौडा पात’ भण्टातर्फ ‘पोखरा लुर्की’, जौतर्फ ‘मुक्तिनाथ’, गहुँतर्फ ‘डब्लुके-३१६४ र ३१६५’ र सुर्खेत क्षेत्रमा स्थानीय घैया धानतर्फ कालनाथ्रे र दाम्री जात रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच