![कृषि उपजलाई बजार अभाव](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Tamator-Kheti.jpg)
काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुराको व्यवस्था गरिएको हो । उहाँले सो अस्पताल काठमाडौं विश्वविद्यालयमा स्थापना गर्ने जानकारी दिँदै त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको बताउनु भयो । त्यसैगरी सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री पुनले भन्नुभयो, ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु । स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिनेछ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा बीचको दोहोरोपन हटाइनेछ । स्वास्थ्य बीमा कार्यक्रमको लागि रु. ७ अर्ब ५० करोड विनियोजन गरेको छु । विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयन गरिनेछ ।’
अर्थमन्त्री पुनले विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयनमा ल्याइने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच