![चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/lamkhutte.jpg)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनकुलको आर्थिक सुधारको माग गरेको बताउनुभएको छ ।
मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले आगामी वर्षको बजेट नयाँ पुस्ता अनकुलको अर्थतन्त्र आर्थिक सुधारमा केन्द्रित भएर ल्याएको बताउनु भयो । उहाँले युवा पुस्ताले माग गरे अनुरुप कौशल युक्त ज्ञानसिप,नवपर्वतन र उद्यमसिलता बढाउन आवश्यक देखिएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा संरचनागत चुनौतिको कारण पछिल्लो समय सार्वजनिक ऋण खुम्चिएको सार्वजनिक वृत्तमा असन्तुलन बढ्दै गएको सार्वजनिक ऋण व्यवस्थापन खर्च बढ्दै गएको र पुँजीगत खर्च गर्ने क्षमता घट्दै गएको कारण थप चुनौती सिर्जना भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अर्थतन्त्रमा संरचनागत चुनौतीको कारण पछिल्लो समय सार्वजनिक ऋण खुम्चिएको सार्वजनिक वृत्तमा असन्तुलन बढ्दै गएको सार्वजनिक ऋण व्यवस्थापन खर्च बढ्दै गएको र पुँजीगत खर्च गर्ने क्षमता घट्दै गएको कारण थप चुनौती सिर्जना भएको छ । वर्षौंदेखि उस्तै प्रकृतिका समस्या दोहोरीदै गएकाले अर्थतन्त्रमा देखिएको कजोर क्षमताको दुसचक्र तोड्दै नयाँ कार्यक्रम मार्फत समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने देखिएको छ । नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनकुलको अर्थतन्त्र आर्थिक सुधारको माग गरेको छ । युवा पुस्ताले माग गरे अनुरुप कौशलयुक्त ज्ञानसीप,नवपर्वतन र उद्यमसिलता बढाउन आवश्यक छ ।’
उहाँले वर्षौंदेखि उस्तै प्रकृतिका समस्या दोहोरिँदै गएकाले अर्थतन्त्रमा देखिएको कजोर क्षमताको दुष्चक्र तोड्दै नयाँ कार्यक्रममार्फत समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने देखिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच