लुम्बिनी प्रादेशिक अस्पतालमा नेपालमै पहिलो अन्तरवैयक्तिक सञ्चार विभाग उद्घाटन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । बुटवलको ऐतिहासिक लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरबैयक्तिक सञ्चार विभाग उद्घाटन गरिएको छ । अस्पतालबाट सेवा लिने र लिएर फर्किनेहरुमा नकारात्मक सन्देश गएकोले वास्तविकता जानकारी गराउने उद्देश्यले विभाग उद्घाटन गरिएको हो ।

ब्लक डीको तेस्रो तल्ला क्याबिनको साईडमा राखिएको विभागको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकी नर्सिङ विभाग प्रमुख ज्योती पौडेलले गर्नु भयो।

विभागको फोकल पर्सन क्याबिन ईन्चार्ज माधुरी ज्ञवालीलाई तोकिएको छ । उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बिरामी र अस्पताल बिच हुने द्वन्द ब्यवस्थापन गर्ने उद्देशका साथ विभाग उद्घाटन गरिएको बताउनु भयो।

उहाँले बिरामी र अस्पताल बिचको खाडल पूर्न विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नु भयो । उहाँले अहिले स्वास्थकर्मीहरु माथि हुने सांघातिक हमला बढ्दै जानू निकै दुखद भएको बताउँदै यस्तो अवस्था आउन नदिनको लागि विभाग प्रभावकारी हुने बताउनु भयो।
डा थापाले अस्पतालका सबै कर्मचारीलाई यसको तालिम दिने बताउँदै तालिम नलिने करार कर्मचारीको करार नविकरण नहुने तथा स्थायीको हकमा मुल्यांकन अंक नबढाउने चेतावनी दिनुभयो।

कार्यक्रममा बोल्दै बरिष्ठ स्त्री रोग विशेषज्ञ डा श्रीधर आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा निकै राम्रा परिवर्तनहरु भईरहेको बताउादै प्रभावकारी उपचार भईरहेको बताउनु भयो। डा आर्चायले उद्घाटन गरिएको विभागले बिरामी तथा आफन्त र अस्पताल बिच सञ्चार हुँदा धेरै सकारात्मक सन्देश जाने विश्वास ब्यक्त गर्नु भयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकालले पछिल्लो समय अस्पतालका सकारात्मक सन्देश बाहिर आईरहेको बताउँदै यो परिवर्तनलाई सञ्चार क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

उद्घाटन कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजन केसी, नर्सिङ बिभाग प्रमुख ज्योती पौडेल, विभाग ईन्चार्ज माधुरी ज्ञवाली लगायतले बोल्दै नविनतम काम शुरु गरेको बताउादै यसमा समिती बनाउँदै सबै क्षेत्रका ब्यक्तिहरु समावेश गरिएको बताउनु भयो।

लुम्बिनी प्रादेशिक अस्पतालमा ८ सय बढी स्वास्थ्यकर्मी एवं कर्मचारीहरु कार्यरत रहेका छन् भने दैनिक २ हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी डा नेत्र रानाले जानकारी दिनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?