झापा । झापाका जिल्ला न्यायाधीश असोककुमार बस्नेत पत्रकारले उठाएका विषय न्यायालयले सुन्ने र ग्रहण गर्ने बताउनु भएको छ ।
'पत्रकारिता संवेदनशील र गाह्रो पेसा हो' झापाको पत्रकारिता आरम्भदेखि २०४० को परिचर्चा कार्यक्रममा उहाँले भन्नुभयो,'पत्रकारले उठाएका कुरा राज्य र न्यायालय क्षेत्रले सुन्छ ।'
झापाको बिर्तामोडमा बिहीबार आयोजित सो कार्यक्रममा न्यायाधीश बस्नेतले पत्रकारिता देखिँदा छुच्चो र कार्यसम्पादनका दृष्टिले सतर्क हुने पेसा भएको उल्लेख गर्नुभयो । पत्रकारिता गर्ने व्यक्तिको अन्य बैकल्पिक र सहयोगी पेसा पनि हुनु पर्नेमा उहाँको जोड थियाे ।
पुस्तकका बारेमा बाेल्दै उहाँले पूर्वको जिल्ला झापाले नमुना काम गरेको बताउनुभयो । न्यायाधीश बस्नेतले नेपाल पत्रकार महासंघ झापाले, झापाली पत्रकारिताको इतिहास समेटेर पुस्तक प्रकाशन गरिएकाे यस कार्यले देशभर सकारात्मक सन्देश दिएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा झर्रोवादी साहित्यकार चुडामणि रेग्मी र लेखनाथ भट्टराईलाई दीर्घसेवा सम्मान प्रदान गरिएकाे छ । रेग्मी र भट्टराईले पत्रकारितामा पुर्याउनु भएको योगदानको कदरसहित सो सम्मान प्रदान गरिएको हो । यसैगरी कृष्ण दाहाललाई दीर्घसेवामा सम्मान गरिएको थियाे ।
प्रकाशित पुस्तकमाअन्तरबोध, संस्मरण र अभिलेख गरी तीन खण्ड छन् भने पुस्तक २५६ पृष्ठको छ। गोपाल गिरी र राजबाबु शंकरले सम्पादन गर्नुभएकाे पुस्तकमा झापाको ७० वर्षको इतिहास समेटिएको छ । पुस्तकमा २४ जना पत्रकारले २६ जना अग्रज पत्रकारको नालिबेली लेखेका छन् ।
परिचर्चा कार्यक्रममा सम्मानित रेग्मी, सम्पादक गिरी, अग्रज पत्रकारद्वय चिन्तामणी दाहाल र चन्द्र भण्डारी, सन्तोष आचार्य, एकराज गिरी, केशव भट्टराई र डिकेश लामाले पुस्तकका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियोे ।
पुस्तक प्रकाशनसँगै झापाली पत्रकारिताको सात दशक लामो इतिहासको खोज, अध्ययन, अनुसन्धान र उत्खनन् गर्न सहज भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच