जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन् : उपमहासचिव गुरुङ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताउनुभएको छ ।

शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताउनु भयो । उहाँले नागरिकमा जनताको क्रेज अत्याधिक रहेको पाएको पनि दाबी गर्नुभयो ।

उहाँले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताउनु भयो । उहाँले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताउनु भयो । उहाँले राजनीतिक रुपले मध्य पहाड क्षेत्र धेरै उर्वर रहेको पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो कुरा यसको राजनीतिक सन्देश के देखियो भने काठमाडौंतिर अहिले हल्ला छ नि । राजतन्त्र फर्किएको हल्ला । त्यो राजतन्त्रको पक्षमा मानिसहरु देखिएन । एमालेप्रतिको क्रेज देखियो । नयाँ दलहरु जो भनिएको छ, पार्टीहरु भन्ने गरिएको छ, एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई पनि एउटा जवाफ के भने तल जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन । तेस्रो कुरा संघीयताको पक्षधर भनिएकाहरुले एमाले संघीयता बिरोधी भनेर जुन खालको प्रश्न गर्न खोजिएको थियो, त्यसमा पनि प्रश्न देखिएन । एमालेमाथि जुन खालको आरोप लागेको थियो, त्यसको खण्डन जनताले यही यात्रामार्फत दिएको छ । यो सरकारले कुनै निर्माणको काम अघि बढाउन सकेको छैन । राजनीतिक रुपले मध्य पहाड धेरै नै उर्वर देखिन्छ । मध्यपहाडी करिडोर बनाएर सडक करिडोर बनाइयो तर आर्थिक करिडोरको कुनै नीति ल्याइएको छैन । आर्थिक बस्तीका योजना बनाउनुपर्छ ।’

एमाले पहिचानबिरोधी होइन, एमाले पहिचानबिरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो । समानुपातिक समावेशी भनेर राखेका छौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?