![सन् २०५० सम्ममा इटालीको जनसंख्या ४ मिलियनले घट्ने](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/italy.jpg)
सर्लाही । सर्लाहीको कविलासी ८ अगर्वामा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वार्टरको १७ औँ स्थापना दिवस आज मनाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहको प्रमुख आतिथ्यतामा गणको स्थापना दिवस मनाइएको हो । कार्यक्रमका अतिथिले सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिका अतुलनीय रहेको भन्दै प्रशङ्सा गर्नुभयो ।
कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव रायले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले गरेको योगदान खुसीलाग्दो र गर्व गर्न योग्य रहेको बताउनु भयो ।
त्यस्तै सर्लाहीका सीडीओ कोमलप्रसाद धमलाले नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापनलगायतको सबालमा सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउनु भयो ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीयसँगको सम्वन्ध अझ प्रगाढ र सुमधुर बनाएर काम गर्न सशस्त्र प्रहरीलाई सुझाव दिनुभयो । उहाँले पनि सशस्त्रको काम तारिफ योग्य रहेको तर्क गर्नुभयो ।
समारोहका प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहले सीमित स्रोत साधनका बाबजुत सीमामा हुने अपराध नियन्त्रण र सीमा सुरक्षाका लागि सक्दो रुपमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गरी काम गर्दै आइरहेको बताउनु भयो ।
गणको स्थापना दिवसकै अवसरमा गण परिसरमा बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच