काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चीनबाट आयात गरिएको सामान जाँचपासका क्रममा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी कानुन बमोजिम लिनुपर्ने राजस्व नलिएको भन्दै सापकोटासहित भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनल प्रालि, प्रालिका सञ्चालकहरू शेरबहादुर बस्नेत र भन्सार एजेन्ट प्रतिनिधि सरनकुमार खरेलविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
देव इन्टरनेशनलले ल्याएको सामानको जाँचपास गर्ने क्रममा न्यून बिजकीकरण गरी, गुणस्तर फरक पारी कानुन अनुसार लिनुपर्ने राजस्व नलिने र छोड्ने कोशिस गरेको अख्तियारले जनाएको छ ।
भन्सार विभागबाट नियमित ताकेता र निगरानी भएपछि आसिकुडा सिस्टममा दर्ता भएको प्रज्ञापनपत्र डिलिट गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।
घिमिरेका अनुसार उनीहरूविरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच