काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका डम्बर खड्काले मतदान गर्नुभएको छ ।
खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट मतदान गर्नुभएको हो । यसै मतदान केन्द्रबाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पनि मतदान गर्नुभएको छ ।
इलाम–२ मा एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि रिक्त पदमा आज मतदान भइरहेको हो ।
कांग्रेसका उम्मेदवार खड्का २०७९ सालमा भएको आम निर्वाचनमा नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । सो निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले खड्कालाई समर्थन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच