प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन आग्रह

Read Time = 2 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जिप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । शुक्रबार नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र व्यवसायमा देखापरेका समस्याहरूलाई केलाउदै नाडाले ‘नाडा प्रस्पेक्टिभ अन करेन्ट सिनारियो-रिस्टे«क्सन अन फर पेसेन्जर अटोमोबाइल्स’ सार्वजनिक गरेको छ ।

एक खर्बभन्दा बढीको लगानी रहेको, हरेक वर्ष एक खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्‍याउँदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्षरूपमा एक लाख र अप्रत्यक्षरूपमा १० लाखलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झण्डै दोब्बर राजस्व उपलब्ध गराउने अटोमोबाइल क्षेत्रलाई नजरअन्दाज गरी सरकारले निजी प्रयोजनका कार, जिप र भ्यानलाई आगामी असारसम्मका लागि आयातमा प्रतिबन्ध लगाएको नाडाले उल्लेख गरेको छ । उसले केही दिनअघिमात्रै निजी प्रयोजनका कार, जिप र भ्यान आयात खुला गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?