काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जिप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । शुक्रबार नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र व्यवसायमा देखापरेका समस्याहरूलाई केलाउदै नाडाले ‘नाडा प्रस्पेक्टिभ अन करेन्ट सिनारियो-रिस्टे«क्सन अन फर पेसेन्जर अटोमोबाइल्स’ सार्वजनिक गरेको छ ।
एक खर्बभन्दा बढीको लगानी रहेको, हरेक वर्ष एक खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्याउँदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्षरूपमा एक लाख र अप्रत्यक्षरूपमा १० लाखलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झण्डै दोब्बर राजस्व उपलब्ध गराउने अटोमोबाइल क्षेत्रलाई नजरअन्दाज गरी सरकारले निजी प्रयोजनका कार, जिप र भ्यानलाई आगामी असारसम्मका लागि आयातमा प्रतिबन्ध लगाएको नाडाले उल्लेख गरेको छ । उसले केही दिनअघिमात्रै निजी प्रयोजनका कार, जिप र भ्यान आयात खुला गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक