जुत्ता उत्पादनमा आत्मनिर्भर बन्न स्वदेशी कच्चा पदार्थ उत्पादन वृद्धि गर्न आवश्यक : फुटवेयर व्यवसायी

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडाैं । जुत्ता उत्पादक व्यवसायीहरुले नेपाली जुत्ता उत्पादनमा आत्मनिर्भर बन्नको लागि स्वदेशी कच्चा पदार्थ उत्पादनमा आत्मनिर्भर बन्न आवश्यक रहेको बताएका छन् ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल र कच्चा पदार्थ उत्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले सिंहदरबारभित्र नेपाली जुत्ता पुर्‍याउने अभियानका साथै आगामी दुई वर्षमा ८० प्रतिशत स्वदेशी जुत्ता उत्पादन पुर्‍याउने लक्ष्य रहेको बताए । उनीहरुले अहिलेसम्म ६० प्रतिशत नेपाली जुत्ता उत्पादन रहेको भन्दै आगामी दुई वर्षमा ८० प्रतिशत पुर्‍याउन सरकारले नीतिगत रुपमा कच्चा पदार्थको भन्सार तथा अन्तःशुल्क लयातमा छुट दिन आवश्यक रहेको बताए ।

जुत्ता उत्पादक व्यवसायीहरुले मुलुक स्वदेशी जुत्तामा आत्मनिर्भर हुनको लागि कच्चा पदार्थमा पनि आत्मनिर्भर बन्न आवश्यक रहेको बताए । उनीहरुले स्वदेशी कच्चा पदार्थमा आत्मनिर्भर हुँदा जुत्ता उद्योगको लागत कम हुने र उत्पादन वृद्धिमा लगानी बढ्ने अपेक्षा रहेको बताए । व्यवसायीहरुले राष्ट्रिय उत्पादनलाई सबैले उपभोग गर्ने नीति राज्यले लिन जरुरी रहेको उल्लेख गरे । उनीहरुले सरकारले सिंहदरबारभित्र,प्रदेश र स्थानीय निकायका सबै कर्मचारीदेखि उच्च तहका नेतृत्वले स्वदेशी अनिवार्य प्रयोगको कानूनी व्यवस्था गर्न जरुरी रहेको भन्दै सरकारसँग व्यवसायीहरुले कानूनी व्यवस्था गर्न माग गरे ।

उनीहरुले राष्ट्रियताका गफ गर्ने तर विदेशी सामाग्री लगाएर नेपालीपनलाई स्वीकार गर्ने वातावरण बनाउन जरुरी रहेको बताए । उनीहरुले स्वदेशी उत्पादनमा गुणस्तरमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले नेपालमा वार्षिक १० करोड जोर जुत्ता खपत हुने गरेको भन्दै अहिले नेपालमा ६ करोड जोर वार्षिक रुपमा जुत्ता उत्पादन हुने गरेको बताउनु भयो । उहाँले ६ करोड उत्पादन पनि पछिल्लो समय १ करोड जोर जुत्ता निर्यात व्यवसायीहरुले गरिरहेको बताउनु भयो । उहाँले अब नेपाली जुत्ता उत्पादक र कच्चा पदार्थ उत्पादकहरुले उत्पादन र निर्यातमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालमा करिव ३ करोड जोर जुत्ता विदेशबाट आयात भइरहेको भन्दै पछिल्लो समय ठूलो रकम बराबरको २ करोड जोर जुत्ताचप्पल चोरी पैठारी भइरहेको बताउनु भयो । उहाँले नेपाल जुत्ता चप्पल उत्पादनमा नेपाली कच्चा पदार्थ करिव ४० प्रतिशत हिस्सा करिव ३० अर्बको बजार रहेको बताउनु भयो । उहाँले नेपाली जुत्ता उत्पादकहरुले वार्षिक २१ अर्ब बराबरको नेपाली कच्चा पदार्थ प्रयोग गरेको बताउनु भयो । उहाँले ४० प्रतिशत नेपाली उत्पादन कच्चा प्रयोग हुने र बाँकी सबै कच्चा पदार्थ विदेशबाट आयात भइरहेको दाबी गर्नुभयो । उहाँले नेपाली उत्पादन बजारमा ३० अर्बको लगानी रहेको बताउनु भयो ।

उहाँले अहिलेसम्म ६० प्रतिशत नेपाली स्वदेशी उत्पादन भइरहेको भन्दै आगामी दुई वर्षमा ८० प्रतिशत उत्पादन पुर्‍याएर जुत्ता चप्पलमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य व्यवसायीहरुको रहेको बताउनु भयो । उहाँले स्वदेशी उत्पादित जुत्तामा स्वदेशी उत्पादक कच्चा पदार्थ उपभोगको वातावरण बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशी उत्पादित कच्चा पदार्थबाट जुत्ताचप्पल उत्पादन गरी मुलुकलाई जुत्तामा आत्मनिर्भर बनाउने तर्फ दुवै कच्चा पदार्थ उत्पादक र जुत्ता उत्पादकहरु सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा वार्षिक १० करोड जोर जुत्ता खपत छ । त्यसमा १ करोड जोर जुत्ता निर्यात भइरहेको छ । तर नेपालमा करिव ३ करोड जोर जुत्ता विदेशबाट आयात भइरहेको छ । नेपाली उत्पादन अहिले ६ करोड जोर उत्पादन भइरहेको छ । पछिल्लो समय ठूलो रकम बराबरको जुत्ताचप्पल चोरी पैठारी भइरहेको छ । जसमा २ करोड जोर जुत्ता चोरी पैठारी भएको पाइन्छ । नेपाल जुत्ता चप्पल उत्पादनमा नेपाली कच्चा पदार्थ कति हिस्सा छ भने ३० अर्बको बजार रहेको छ । जसमा ७० प्रतिशत कच्चा पदार्थ नेपाली जुत्ताहरुमा २१ अर्ब बराबरको प्रयोग भएको पाइन्छ । जसमा ४० प्रतिशत नेपाली उत्पादन कच्चाको ४० करोड बराबरको हुने गरेको छ । बाँकी सबै कच्चा पदार्थ विदेशबाट आयात भइरहेको छ । नेपाली उत्पादन बजारमा ३० अर्बको लगानी छ । अहिलेसम्म ६० प्रतिशत नेपाली स्वदेशी उत्पादन भइरहेको छ । आगामी दुई वर्षमा ८० प्रतिशत उत्पादन पु¥याएर जुत्ताचप्पलमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य छ । स्वदेशी उत्पादित जुत्तामा स्वदेशी उत्पादक कच्चा पदार्थ उपभोग गर्न पाउनुपर्छ । नेपालमा उत्पादन नहुने कच्चापदार्थलाई आयातमा बढवा दिनु हुँदैन । जसले नेपाली कच्चा पदार्थ उत्पादन गरिहनुभएको छ । त्यसलाई बढवा दिन आवश्यक छ । त्यसको लागि सरकारले पनि नीतिगत रुपमा सहजिकरण गर्न आवश्यक छ । स्वदेशी उत्पादित कच्चा पदार्थबाट जुत्ताचप्पल उत्पादन गरि मुलुकलाई जुत्तामा आत्मनिर्भर बनाउनेतर्फ दुवै कच्चा पदार्थ उत्पादक र जुत्ता उत्पादकहरु सहकार्य गर्न आवश्यक छ । नेपालमा नै स्वदेशी कच्चा पदार्थ बनाउने वातावरण बनाउनु जरुरी छ ।’

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली जुत्ताचप्पल उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी कच्चा पदार्थ उत्पादक र जुत्ता उत्पादकहरु मिलेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले जुत्ता उत्पादक व्यवसायीहरु मुलुकलाई आत्मनिर्भर बनाउने गरी काम गर्ने योजनामा व्यवसायीहरुको रहेको बताउनु भयो । उहाँले साना तथा घरेलु उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्न नसके व्यवसायीहरु विदेश पलायन हुने अवस्था आउने बताउनु भयो ।

उहाँले सरकारले जुत्ता उत्पादक र कच्चा पदार्थ उत्पादकहरुलाई सहज नीति नबनाएसम्म तिब्र विकास हुन सम्भव नभएको बताउनु भयो । उहाँले कच्चा पदार्थ आयातको न्युनतम अन्तशुल्क सरकारले हटाउन आवश्यक रहेको बताउनु भयो । उहाँले कच्चा पदार्थ र जुत्ता उत्पादनमा आत्मनिर्भर हुनेगरी मिलेर जान आवश्यक रहेको बताउनु भयो । उहाँले उत्पादक र निर्यात मुलुक वस्तुहरुमा प्राथमिकता दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाली जुत्ताचप्पल उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी कच्चा पदार्थ उत्पादक र जुत्ता उत्पादकहरु मिलेर काम गर्नुपर्छ । जुत्ता उत्पादक व्यवसायीहरु मुलुकलाई आत्मनिर्भर बनाउने गरी काम गर्ने योजनामा छौं । साना तथा घरेलु उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्न नसक्नु भनेको विदेश जाउ भन्नु हो । सरकारले जुत्ता उत्पादक र कच्चा पदार्थ उत्पादकहरुलाई सहज नीति नबनाएसम्म तिब्र विकास हुन सम्भव छैन । कच्चा पदार्थ आयातको न्युनतम अन्तःशुल्क सरकारले हटाउन आवश्यक छ । कच्चा पदार्थ र जुत्ता उत्पादनमा आत्मनिर्भर हुने गरी मिलेर जानुपर्छ । यो काम हामीले नै गर्नुपर्छ अरु आएर गरिदेलान् भन्ने छैन । उत्पादक र निर्यात मुलुक वस्तुहरुमा प्राथमिकता दिऔं ।’

व्यवसायीहरुले अब जुत्ता चप्पल बनाउने स्वदेशी कच्चा पदार्थ उत्पादनमा लगानी बढवा गर्न आवश्यक रहेको बताए । स्वदेशीपन झल्काउन मानसिक र व्यवहारिक रुपमा लाग्न आवश्यक रहेको बताए । उत्पादकहरूलाई गुणस्तरीय र सहज मूल्य बनाउन प्रतिवद्ध रहेको बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?