खानेपानी डिभिजन कार्यालय नवलपरासीकाे पुर्नस्थापनाकाे माग

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा जिल्ला खानेपानी महासंघले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको पुर्नस्थापनाको माग गरेको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ नवलपरासीका अध्यक्ष देबिदत्त सापकोटाको नेतृत्वमा रहेको टोलीले लुम्बिनी प्रदेशका खानेपानी मन्त्री भुमिश्वर ढकाललाई ज्ञापन पत्र बुझाएको छ । २०४५ साल देखी जिल्लामा रहेको डिभिजन कार्यालयले काम गर्दै आइरहेकोमा २०७५ साल देखी जिल्ला कार्यालयको सेवा बन्द भएको छ ।

जिल्लाको कार्यालय बन्द भए पछि बुटवल योगिकुटीमा रहेको डिभिजनबाट नवलपरासीका खानेपानी संस्थालाई हेर्दै आइरहेको छ । स-साना कामका लागि पनि रुपन्देही र दाङ धाउन पर्ने बाध्यता रहेको बताउँदै जिल्ला अध्यक्ष सापकोटाले खानेपानी डिभिजन कार्यालय जिल्लामा आवश्यक रहेको बताउनु भयो । " अहिले प्रदेश सरकार मातहत खानेपानी आएको, स-साना कार्य र योजनाका लागि रुपन्देही वा दाङ (मन्त्रालय) धाउनु परिरहेको छ जसले गर्दा जिल्लामा सञ्चालित खानेपानी तथा सरसफाईका कार्यक्रमहरु पुर्ण रुपमा प्रभावित भएका छ्न ।" अध्यक्ष सापकोटाले भन्नुभयो ।

डिभिजन कार्यालय जिल्लामा नहुँदा जिल्ला भरिका करिव ८५ वटा सम्पन्न आयोजनाहरु सेवा बिहिन भएको सापकोटाको भनाइ छ । हाल जिल्ला बाट सञ्चालित खानेपानी सरसफाई उपभोक्ता संस्थाहरुबाट २९ हजार घरपरिवारले पानी पिउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?