![स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Sky-walk-Bhedetar.jpg)
दाङ । राप्ती प्याब्सनको आयोजनामा अन्तर विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । १७ औँ गणतन्त्र दिवसको अवसरमा राप्ती प्याब्सनले अन्तर विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको हो ।
आज मङ्गलबार एक कार्यक्रमको आयोजना गरी राप्ती प्याब्सनले आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूबिच निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा आधारभूत तहका जना र माध्यमिक तहका जना प्रतियोगी सहभागी भएका थिए ।
प्रतियोगितामा आधारभूत तहतर्फ गोरखा आइडियल स्कुलका आदर्श थापा प्रथम, सिरिन भ्याली स्कुलका रमिता चौधरी द्वितीय र गोरखा आइडियल स्कुलका नम्रता चौधरी तृतीय हुनुभएको थियोे । त्यस्तै मावितर्फ गोल्डेन फ्युचर स्कुलका अनु चौधरी प्रथम, लिटल एन्जल स्कुल राप्तीका श्रीकृष्ण पाण्डे तथा दीपज्योति बोर्डिङ स्कुलका गरिमा चौधरी द्वितीय र सिरिन भ्याली स्कुलका सुवास गिरी तृतीय हुनुभएको थियो।
राप्ती प्याब्सनका अध्यक्ष शोभाखर भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव दुर्गा भुसालले गर्नुभएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच