बैंकिङ विज्ञ घर्तीको बैंकिङसम्बन्धी पुस्तक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बैंकिङ विज्ञ बिएन घर्तीको बैंकिङ अनुशासन, दिगो विकासका लागि नामक पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नुपर्छ, किन अल्पदृष्टिबाट नभई दूरदृष्टिबाट अभिप्रेरित हुनुपर्छ, किन ग्राहक केन्द्रित हुनुपर्छ, उपयुक्त निक्षेपको मिश्रण, कर्मचारीलाई अनावश्यक बिक्री लक्ष्य किन तोक्नुहुँदैन लगायतका विषय समेटिएका छन् ।

पुस्तकमा पारिश्रमिक दिने गरी किन व्यावसायिक सञ्चालक नियुक्त गर्नुपर्छ, किन एक नम्बर हुने दौडमा सामेल हुनुहुँदैन, फाइनान्स कम्पनी र विकास बैंक किन चाहिन्छन्, लघुवित्तले बहुबैंकिङ गरिरहेका छन् भन्ने थाहा पाउँदापाउदै करिब पाँच वर्ष राष्ट्र बैंक किन चुप लागेर बस्यो, उच्चपदस्थ व्यक्ति र प्रतिबन्धित सूचीमा रहेका व्यक्तिलाई पहिचान गर्न के गर्नु उपयुक्त हुन्छ, बैंक तथा वित्तीय संस्था समस्यामा परेपछि सहज अवस्थामा फर्कन किन वर्षौं लाग्छ लगायतका सामग्री पनि पुस्तकमा समेटिएका छन् ।

पूर्वबैंकर सशिन जोशीले बिएन घर्तीद्वारा लिखित पुस्तक नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना भएको बताउनुभएको छ । विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेका लागिमात्र नभई भविष्यमा बैंकिङ व्यवसाय अझ बढी व्यावसायिकरूपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकका लागि पनि उत्तिकै उपयोगी रहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?