केन्याद्वारा बाढी प्रतिकार्यका लागि ३० मिलियन अमेरिकी डलर विनियोजन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । केन्याले देशका विभिन्न भागहरूमा भारी वर्षाका कारण आएको विनाशकारी बाढीको तत्काल प्रतिक्रियाको लागि ३० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । उपराष्ट्रपति रिगाथी गचागुवाले यसबारेमा जानकारी दिनुभएको हो । आगामी तीन दिनसम्म भारी वर्षा हुने मौसम विभागको चेतावनीका बाबजुद सरकारले निरन्तर बढेको वर्षा र बाढीका कारण हुने विपद् न्युनिकरणका प्रयासलाई तिब्रता दिएको गछागुवाले बताउनु भयो ।

भारी वर्षा शुरु भएदेखि अहिलेसम्म ७० जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् भने आठ जना बेपत्ता भएको गछागुवाले बताउनु भयो । उहाँले वर्षाबाट १ लाख ३१ हजार १ सय ७९ जना प्रभावित भएको र आपतकालीन प्रतिकार्यको समन्वय बढाउन आकस्मिक योजना बनाएको बताउनु भयो ।

भारी वर्षाले जनजीवन, गाईवस्तु र खाद्यान्नको क्षति हुनुका साथै देशभरका सडक र पुलहरू भत्किएका छन् भने केही क्षेत्र देशका अन्य भागसँग सम्पर्कविच्छेद भएका छन् । गचागुवाले राष्ट्रिय प्रकोप प्रतिक्रिया केन्द्र अवस्थाको निगरानी गर्न २४ घण्टा खुला रहने बताउनु भयो ।

केन्या मौसम विभागले मध्य र पश्चिमी केन्या भित्र पहिरोको जोखिममा रहेका क्षेत्रहरूमा बसोवास गर्ने मानिसहरूलाई खतरनाक अवस्थाबाट बच्न सावधान रहन सल्लाह दिएको छ । रिफ्ट भ्याली, नैरोबी, लेक भिक्टोरिया बेसिन र कोस्टका केही भागहरूमा आईतवारसम्म ४० मिलिमिटरभन्दा बढी वर्षा हुनेगरी आगामी तीन दिनसम्म देशका धेरै भागहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

विकास साझेदारहरू, स्थानीय लगानीकर्ताहरू र उच्च सरकारी अधिकारीहरू उपस्थित भएको बैठकमा, गचागुवाले केन्यालीहरूलाई सावधानी अपनाउन र आफ्नै जीवनको जिम्मेवारी लिन आग्रह गरिएको छ । पहिरोको जोखिममा रहेका र बाँध नजिकका क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेका गर्नुभयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?