बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ रुपन्देहीबाट बितरण हुँदै आएको पत्रकारिता पुरस्कारको राशि बृद्धि तथा नयाँ पुरस्कार स्थापना सम्बन्धी दुई बुँदै सम्झौता भएको छ ।
बिहीबार उपमहानगरपालिकाको कार्यालय बुटवलमा उपमहानगरपालिकाको सहयोगमा प्रदान हुँदै आएको पत्रकारिता पुरस्कारको राशी बृद्धि गर्ने र नयाँ पुरस्कारको रुपमा सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार स्थापना गर्नै निर्देशिकामा सम्झौता भएको हो ।
बुधबार बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिृकत मित्रमणी खनाल तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले निर्देशिकामा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार उत्कृष्ट पत्रकारिता पुरस्कारको राशि ५० हजारबाट वृद्धि गरी १ लाख पुर्याउने उल्लेग गरिएको छ भने यसको लागि अक्षयकोष उपमहानगरले नै स्थापना गरिदने सम्झौता भएको हो ।
यस्तै सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार स्थापना गर्ने सम्झौता भएको र दुई जनालाई जनही ५०/५० हजार पुरस्कार हरेक वर्ष एक महिला अनिवार्य गरि दुई जनालाई प्रदान गर्नेगरि निर्देशिकामा सम्झौता भएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिनुभयो ।
दुवै पुरस्कारका लागि चालु आर्थिक वर्षमा नै रकम विनियोजन भईसकेकोले यसै आवमा वितरण हुने बुटवल उपमहानगरपालिकका प्रेस विज्ञ सीपी खनालले जानकारी दिनुभयो ।
दुबै पुरस्कारलाई नियमित गर्नको लागि १०१० लाखको अक्षयकोष बनाउने गरि निर्देशिकामा लेखिएको नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिनुभयो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव वीरेन्द्र कुँवर, बुटवल उपमहानगरपालिकाका सुचना अधिकारी तुल्सा अर्याल लगायतलको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच