उपप्रधानमन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपचारका लागि गत साता वीरेन्द्र अस्पताल, छाउनीमा भर्ना हुनुभएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आइतबार डिस्चार्ज हुनुभएको छ ।

रक्षामन्त्री खड्का प्रोस्टेटको शल्यक्रिया गर्न भदौ १३ गते बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना हुनुभएको थियो ।

सोही दिन डा. भरत बहादुर भण्डारीको टोलीले मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरेको थियो।

शल्यक्रियापछि स्वास्थ्यलाभका लागि उहाँ अस्पतालमै रहेको र आइतबार अपराह्न अस्पतालबाट डिस्चार्ज भएको नेपाली सेनाका महासेनानी अन्जन केशर खत्रीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?