अमेरिकामा पहिलो महिला सिख न्यायाधीशमा मोनिका

Read Time = 1 min

न्यूयोर्क । मनप्रित मोनिका सिंह अमेरिकामा पहिलो महिला सिख न्यायाधीश बन्नुभएको छ । उहाँले हृयारिस काउन्टीको न्यायाधीशको रूपमा सपथ लिनुभएको हो ।

मोनिका सिंह अमेरिकाको हृयुस्टनमा जन्मिनुभएको थियो त्यहीँ हुर्किनुभएको थियो । हाल उहाँ श्रीमान् र दुई छोराछोरीसँग बेलेमा बस्नुहुन्छ । मोनिका सिंहका बुबा सन् १९७० को दशकमा अमेरिकामा बस्नुभएको थियो ।

विगत २० वर्षदेखि वकालत गरिरहनुभएकी मोनिका अमेरिकाका धेरै नागरिक अधिकार संस्थाहरूसँग आबद्ध हुनुहुन्छ । शपथ ग्रहण समारोहमा मोनिकाले यो उपलब्धि आफ्ना लागि धेरै अर्थपूर्ण रहेको बताउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?