एजेन्सी । बेलायतको राजधानी लण्डनको मेयर पदमा तेस्रोपटक विपक्षी लेबर पार्टीका सादिक खानले विजय हासिल गर्नुभएको छ । उहाँलाई कुल खसेको मतमा ४३ प्रतिशतभन्दा बढी मत प्राप्त भएको थियो ।
खानले सत्तारुढ कन्जरभेटिव पार्टीका उम्मेदवार सुसैन हललाई दुई लाख ७६ हजार मतले पछाडि पार्नुभएको थियो । तीन वर्षअघि भएको चुनावमा भन्दा यसपालि खानले सात प्रतिशत बढी मत पाउनुभएको थियो । विजयी भएपछि खानले प्रतिक्रिया दिँदै भन्नुभयो,‘मैले माया गर्ने सहरको सेवा गर्न पाउनु मेरो जीवनकै सम्मान हो ।’
खान पहिलोपटक सन २०१६मा लन्डनको मेयर पदमा निर्वाचित हुनुभएको थियो । सुन्नी मुस्लिम समुुदायका ५३ वर्षीय खान लण्डनमै जन्मिनुभएको भए पनि उहाँका हजुरबुबा भने भारतको लखनउका हुनुहुन्छ । प्रधानमन्त्री सुनक र मेयर खान दुवै भारतीय मुलका हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच