काठमाडौं । गौरीटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण हुन थालेका छन् । लामो समयदेखि अलपत्रजस्तै बनेको गौरीटार प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखेपछि पूर्वाधारहरू निर्माण हुन थालेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गौरीटारमा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी र क्रिकेट मैदानको शिलान्यास गर्नुभएको हो । २०८२ असार मसान्तभित्र सम्पन्न गर्नेगरी दुवै संरचनाको निर्माण सुरु भएको प्रदेश खेलकुदका सदस्य-सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।
आठ करोड ६३ लाखको लागतमा निर्माण हुने पोखरीमा भिआइपी प्याराफिटसहित २५/५० मिटर र २५/१० मिटरको पोखरी निर्माण हुने शिलान्यासका अवसरमा जानकारी दिइएको थियो ।
यस्तै, ड्रेनसहितको क्रिकेट मैदान पनि निर्माण सुरु भएको छ । ११ करोड ७४ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानमा स्कोरबोर्ड, पाँचवटा पिचसहित ६०० क्षमताको प्याराफिट निर्माण हुने बताइएको छ ।
निर्माण कार्यको शिलान्यास गर्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले निर्धारित समयमै कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । उहाँले गौरीटारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । देशकै उत्कृष्ट खेल पूर्वाधार गौरीटारमा बनाउने उद्देश्यका साथ काम थालेको पनि कट्टेलले बताउनुभयो ।
प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक सहयोगका लागि स्थानीयसँग अनुरोध गर्नुभयो ।
केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने भन्दै २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गर्नुभएको गौरीटारमा निर्माणको गति निकै सुस्त थियो । २२ बिगाह १८ कठ्ठा १९ धुर क्षेत्रफलमा फैलिएको रंगशालामा हाल प्रदेश सरकारले ट्र्याकसहितको फुटबल मैदान र प्याराफिटको काम अन्तिम चरणमा पुर्याएको प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार रंगशालाभित्र २१ वटा संरचना बन्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले दुईवटा कभर्डहल र खेलाडी छात्राबास निर्माण गरेको थियो । त्यसपछि उक्त योजना परिषद्को बजेटमा नपरेपछि बागमती प्रदेशले निर्माण कार्य अघि बढाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच